• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

कमलामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुली ९ माघ २०८०


कमलामाई नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका मङ्गलवारबाट सुरु भएको छ ।


कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।


उद्घाटनको पहिलो दिन मङ्गलवार भएको भलिबल प्रतियोगितामा प्रगतिशील माध्यमिक विद्यालय धामिडुमरिया, भगवती बोडिङ स्कुल, संकरेश्रर माध्यमिक विद्यालय जखनि कालिका माध्यमिक विद्यालय धमिले जरायोटार  र जन्ज्योती माध्यमिक विद्यालय फोस्रेटार विजयी भएका छन् ।


नगर खेलकुद विकास समिति, कमलामाई नगरपालिका, सिन्धुलीको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मूल नाराका साथ सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते, तेक्वान्दो ,कबड्डी, उसु लगायतका खेल संचालन हुने प्रतियोगिताका खेलहरू माघ १२ गते समापन हुनेछ ।

 

प्रतिकृया दिनुहोस

चम्पादेवीलाई चौथो राष्ट्रपति रनिङ्गशिल्डको उपाधि

तीनपाटन गाउँपालिकामा गत शनिवारबाट सुरु भएको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि चम्पादेवी माध्यमिक विद्यालयले

तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि सिन्धुलीलाई

सिन्धुली २१ कार्त्तिक ०८० तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल

राष्ट्रिय माझी गोल्ड कप जारी : सिन्धुली, ओखलढुङ्गा र सुनसरी सेमिफाइनलमा

सिन्धुली १८ कार्त्तिक ०८० सिन्धुलीमा जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा शनिवार क्वाटर फाइनलका तीन खेल सम्पन्न भएका छन् । नेपाल माझी