• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

दुधौली नगर अस्पतालको प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

तस्विर : उद्धब श्रेष्ठ

सिन्धुली २० माघ ०८०


प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार दुधौली नगर अस्पतालको उद्घाटन गर्नु भएको छ । दुधौली नगरपालिका ५ सिर्थौलीमा रहेको १५ शय्याको अस्पताल उद्घाटन गर्नु भएको हो ।


अस्पतालको उद्घाटन पछि सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, दक्ष जनशक्तिको कमी रहेकाले सहयोग गर्ने बताउनुभयो । यस क्षेत्रमा विषालु सर्पको डसाइबाट नागरिकको ज्यान जाने गरेकाले सर्प दंश उपचार केन्द्र स्थापना गर्न पहल गर्ने बताउनुभयो । नगरप्रमुख दिनेश अधिकारीले बुझाएको मागहरु पुरा गर्न आफूले पहल गर्ने बताउनुभयो ।


कृषिमा आधारित उद्योगहरू सञ्चलन गर्न र पुराना उद्योगहरू सञ्चालनका लागि विशेष जोड दिएको बताउनुभयो । युवाहरूलाई रोजगारी दिन, उत्पादन बृद्धि गर्न र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा लयमा फर्कन सकियोस् भनेर सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको बताउनुभयो ।


कमला लगायतका अन्य खोला नियन्त्रण गर्न नसक्दा कटान र डुबानको समस्या र हजारौँ बिघा जमिनमा कृषि उत्पादन गर्न सकिने बताउनुभयो । कृषि उत्पादन बृद्धि गर्दै रोजगारी सिर्जना गर्न आफू लागि परि रहेको बताउनुभयो । नीति कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकतामा राख्दै कृषिलाई जनमुखी, उत्पादनमुखी, रोजगारमुखी बनाउने भनेर लागि परेको बताउनुभयो ।


भारत भ्रमणमा जाँदा प्रधानमन्त्री सँग कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण, उत्पादन वृद्धिको निम्ति के गर्न सकिन्छ भनेर छलफल भएको र चिनका राष्ट्रपतिसँग पनि कृषि क्षेत्रमा नेपाललाई कसरी प्रयोग गर्न सकिन्छ भनेर छलफल भएको बताउनुभयो । चीनसँग कृषिमा आधारित उद्योग र प्राविधिक ज्ञानकेन्द्रहरु स्थापना गर्ने समझदारी भएको र भारतसँग कृषि उत्पादन बृद्धि गर्न सहकार्य गर्ने समझदारी भएको बताउनुभयो ।


धनी र विकसित भनिने देशहरूले गरेको प्रतिबद्धता पुरा नगर्दा नेपाली जनताले दुख पाएको र नेपाल अन्यायमा परेको बताउनुभयो । प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गर्न पर्ने बताउनुभयो ।


फरक प्रसङ्गमा बोल्दै प्रधानमन्त्री दाहालले गणतन्त्र नरुचाउने, लोकतन्त्र नरुचाउने, जनताको विकास निर्माण र सम्बृद्धिको महान् अभियानबाट त्रसित व्यक्तिहरूले विभिन्न खालका अफवाहहरू फैल्याएको बताउनुभयो ।


दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधि सभा सदस्य श्याम घिमिरे, लेखनाथ दाहाल, संविधान सभा सदस्य गणेश पहाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

उद्योग वाणिज्य सङ्घमा आबद्ध सवैको निःशुल्क बिमा गर्छौ : श्रेष्ठ

सिन्धुली १८ फागुन ०८० सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सङ्घमा आबद्ध हुने सवैको निःशुल्क बिमा गर्ने बताउनु भएको छ ।

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया

सिन्धुली १८ फागुन ०८० जिल्लाका क्रियाशील पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ

सिन्धुलीका एसपि शर्मालाई स्वागत

सिन्धुली १८ फागुन ०८० जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक विनोद शर्मालाई शुक्रबार स्वागत गरिएको छ । होटेल तथा