• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

प्रेस चौतारीको स्थापना दिवस : जिम्मेवार र जनमुखी पत्रकारिता गर्नु पर्नेमा जोड

सिन्धुली २२ माघ २०८०


प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । सोमबार प्रेस चौतारी नेपाल सिन्धुली शाखाले “पत्रकारिताको विश्वसनीयता, चुनौती र अबको गन्तव्य” विषयक अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाएको हो ।


“समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मुलमर्म” भन्ने मूल नाराका साथ मनाईएको दिवसमा बोल्ने वक्ताहरूले पत्रकारितामा आधुनिकतासँगै चुनौती पनि थपिएको धारणा राखेका थिए ।


अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जिम्मेवार र जनमुखी पत्रकारिता गर्नु पर्नेमा जोड दिएका छन् । पछिल्लो समयमा पत्रकारिता सुगम केन्द्रित भएको, सञ्चार माध्यममा जनजीविकाका समाचार भन्दा राजनीतिक समाचारले प्राथमिकता दिएकोमा जोड दिँदै समृद्ध समाज निर्माणका लागि पत्रकारले जनजीविकाका सवालमा कलम चलाउनु पर्नेमा जोड दिए ।


देशको व्यवस्था परिवर्तन सँगै परिवर्तनको संवाहक पत्रकारिता र सञ्चार माध्यम सङ्कटमा पर्दै गएको वक्ताहरूको जोड थियो । देशमा तीन तहको सरकार बने सँगै स्थानीय तहले सञ्चार माध्यमलाई परिवर्तनको साझेदार नबुझ्दा सञ्चार माध्यमहरू सङ्कटमा पर्ने अवस्था सिर्जना भएको बताए । सञ्चार माध्यमका लागि छुटाएको बजेट समेत सदुपयोग नभएको भन्दै यसको खोजी गर्नु पर्नेमा पत्रकारहरू एक हुनु पर्ने बताएका थिए ।


जिल्ला अध्यक्ष विनय दाहालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिताको विगत, वर्तमान अवस्थाको बारेमा चर्चा गर्दै अबको गन्तव्यको बारेमा धारणा राखिएको थियो ।


प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रेम दाहाल, पत्रकार महासङ्घ सिन्धुली शाखाका पूर्व अध्यक्ष शङ्कर कार्की, राजकुमार कार्की, सञ्जय दाहाल, प्रेस चौतारी नेपालका अनुशासन आयोगका निबर्तमान अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका पूर्व अध्यक्ष द्वारिका काफ्ले, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य विमला पाण्डे, प्रेस युनियन सिन्धुलीका अध्यक्ष वरुण लामिछाने,प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नवीन श्रेष्ठ, शिक्षक डा. हरि प्रसाद पोख्रेल, विद्यार्थी नेता मुकेश घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउनु पर्ने सुझाव दिएका थिए । समाजलाई सन्तुलनमा राख्नु पर्ने र स्थानीय तहले सञ्चार माध्यमलाई विकासका साझेदार हुन भन्न नसकेको बताएका थिए ।
 

प्रतिकृया दिनुहोस

उद्योग वाणिज्य सङ्घमा आबद्ध सवैको निःशुल्क बिमा गर्छौ : श्रेष्ठ

सिन्धुली १८ फागुन ०८० सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सङ्घमा आबद्ध हुने सवैको निःशुल्क बिमा गर्ने बताउनु भएको छ ।

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया

सिन्धुली १८ फागुन ०८० जिल्लाका क्रियाशील पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ

सिन्धुलीका एसपि शर्मालाई स्वागत

सिन्धुली १८ फागुन ०८० जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक विनोद शर्मालाई शुक्रबार स्वागत गरिएको छ । होटेल तथा