• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सुरुङभित्र टिविएम मेसिनलाई पहिरोले पुरेपछि क्षमा पूजा

सिन्धुली २३ माघ २०८०


राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनको सुरुङ खन्ने टिविएम मेसिन लामो समय देखी जाममा परेपछि मङ्गलवार क्षमा पूजा गरिएको छ ।


सुरुङ खन्ने क्रममा पहिरोले मेसिनलाई थिचेपछि जाममा परेको मेसिन खुलाउन क्षमा पूजा गरिएको हो । पुस ९ गते देखी टिविएम मेसिन पहिरोका कारण जाममा परेको छ । हाल सम्म १० हजार ५४४ मिटर सुरुङ खनिएको र अबको केही दिन पछि मेसिन सुचारु हुने आशा रहेको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो ।


लामो समय देखी टिविएम मेसिन जाममा परेको र यहाँ रहेका मन्दिर तथा देवी देवता समक्ष क्षमा पूजा गरिएको उहाँले जानकारी दिनुभयो । क्षमा पूजा सँगै जाममा परेको मेसिन सुचारुका लागि अमेरिकी कम्पनी रोविन्सका प्राविधिक,परामर्श दाताका विज्ञहरू, निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक), कन्सल्टेन्सीका प्राविधिक लगायतले स्ट्रोक भएको मेसिनलाई निकालेर काम सुचारु गर्न लागि परेका छन् ।


’पहिला हिलो, लेदो माटो र पानी आएर अवरोध गरेपछि त्यसलाई केमिकल प्रयोग गरेर कडा बनाई निकास खोजेका थियौ तर पुरै पाउडर जस्तो माटो खन्दै नखनेको क्षेत्रबाट आएपछि टनेल बोरिङ मेसिनअगाडि बढ्न सकेन । कन्सल्ट्यान्ट, भुगर्भविद, निर्माण व्यवसायीका प्राविधिक र आयोजनाका प्राविधिक सबै लागि परेर बाइपासको तयार गरि काम भइरहेको छ र मेसिन संचालन गर्न अन्तर्राष्ट्रिय विज्ञ समेत झिकाउनु परेको उहाँको भनाई छ ।


मेसिनको अगाडि पुरिएको भागलाई काटेर पुनः कटर जडान गरी बाइपासबाट सुरुङ खन्नुपर्ने र लामो क्षेत्रफलमा जमिन बग्ने समस्या रहेको छ । लामो प्रयास पछि अबको केही दिनमा मेसिन सुचारु गर्न सकिने आशा रहेको उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

उद्योग वाणिज्य सङ्घमा आबद्ध सवैको निःशुल्क बिमा गर्छौ : श्रेष्ठ

सिन्धुली १८ फागुन ०८० सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सङ्घमा आबद्ध हुने सवैको निःशुल्क बिमा गर्ने बताउनु भएको छ ।

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया

सिन्धुली १८ फागुन ०८० जिल्लाका क्रियाशील पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ

सिन्धुलीका एसपि शर्मालाई स्वागत

सिन्धुली १८ फागुन ०८० जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक विनोद शर्मालाई शुक्रबार स्वागत गरिएको छ । होटेल तथा