• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

सुरुङभित्र टिविएम मेसिनलाई पहिरोले पुरेपछि क्षमा पूजा

सिन्धुली २३ माघ २०८०


राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनको सुरुङ खन्ने टिविएम मेसिन लामो समय देखी जाममा परेपछि मङ्गलवार क्षमा पूजा गरिएको छ ।


सुरुङ खन्ने क्रममा पहिरोले मेसिनलाई थिचेपछि जाममा परेको मेसिन खुलाउन क्षमा पूजा गरिएको हो । पुस ९ गते देखी टिविएम मेसिन पहिरोका कारण जाममा परेको छ । हाल सम्म १० हजार ५४४ मिटर सुरुङ खनिएको र अबको केही दिन पछि मेसिन सुचारु हुने आशा रहेको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो ।


लामो समय देखी टिविएम मेसिन जाममा परेको र यहाँ रहेका मन्दिर तथा देवी देवता समक्ष क्षमा पूजा गरिएको उहाँले जानकारी दिनुभयो । क्षमा पूजा सँगै जाममा परेको मेसिन सुचारुका लागि अमेरिकी कम्पनी रोविन्सका प्राविधिक,परामर्श दाताका विज्ञहरू, निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक), कन्सल्टेन्सीका प्राविधिक लगायतले स्ट्रोक भएको मेसिनलाई निकालेर काम सुचारु गर्न लागि परेका छन् ।


’पहिला हिलो, लेदो माटो र पानी आएर अवरोध गरेपछि त्यसलाई केमिकल प्रयोग गरेर कडा बनाई निकास खोजेका थियौ तर पुरै पाउडर जस्तो माटो खन्दै नखनेको क्षेत्रबाट आएपछि टनेल बोरिङ मेसिनअगाडि बढ्न सकेन । कन्सल्ट्यान्ट, भुगर्भविद, निर्माण व्यवसायीका प्राविधिक र आयोजनाका प्राविधिक सबै लागि परेर बाइपासको तयार गरि काम भइरहेको छ र मेसिन संचालन गर्न अन्तर्राष्ट्रिय विज्ञ समेत झिकाउनु परेको उहाँको भनाई छ ।


मेसिनको अगाडि पुरिएको भागलाई काटेर पुनः कटर जडान गरी बाइपासबाट सुरुङ खन्नुपर्ने र लामो क्षेत्रफलमा जमिन बग्ने समस्या रहेको छ । लामो प्रयास पछि अबको केही दिनमा मेसिन सुचारु गर्न सकिने आशा रहेको उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना