• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

सिन्धुलीमा मौलाउँदै व्यावसायिक गाँजा खेती

सिन्धुली २६ माघ ०८०


केही वर्ष यता सिन्धुलीमा गाँजाको अवैध खेती विस्तार भई रहेको छ । जिल्लाको दुर्गम क्षेत्रमा गाँजाको व्यावसायिक खेती भई रहेको हो । प्रहरी तथा स्थानीय प्रशासनले बर्सेनि गाँजा फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन । विभिन्न स्थानमा लुकाई छिपाइ लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गर्दै आएका छ ।


केही वर्ष यता देखीको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क हेर्ने हो भने पनि गाँजाको खेती गर्ने क्रम रोकिएको छैन । प्रहरीको ५ वर्षको तथ्याङ्क हेर्दा सिन्धुलीमा २५९ बिघा, १९ कट्ठा, १५ धुरमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ ।


जिल्लामा गाँजा खेतीको तथ्याङ्क हेर्ने हो भने पनि अवैध गाँजा खेती बढ्दो अवस्थामा रहेको छ । प्रहरीले फडानी गरेको गाँजा खेतीको क्षेत्रफलको आधारमा जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाँजा खेतीको क्षेत्रफल बढ्दो अवस्थामा रहेको छ ।


चालु आर्थिक वर्षको हाल सम्म ३ बिघा ५ कट्ठामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार अवैध गाँजा खेती भएको सूचना प्राप्त भएपछि प्रहरीले गाँजा नष्ट गर्ने कार्य र प्रहरीले अवैध गाँजा खेती हुने सम्भावित क्षेत्रहरूमा समेत निगरानी बढाएको छ ।


उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष ०७५/७६ मा १२१ बिघा, आर्थिक वर्ष ०७६/०७७ मा ४ बिघा १४ कट्ठा ८ धुर, आर्थिक वर्ष ०७७/०७८ मा १२१ बिघा १७ कट्ठा ७ धुर,   आर्थिक वर्ष ०७८/०७९ मा ६ बिघा ११ कट्ठा  र आर्थिक वर्ष ०७९/०८० मा ५ बिघा १७ कट्ठामा लगाएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको थियो ।


गाँजा फडानी गर्दा प्रहरी नै बिरामी पर्ने गर्दछन् । तर प्रहरीले अवैध गाँजा खेती गर्ने को हो भन्ने पत्ता लगाउन सक्दैन । अवैध रूपमा लगाइने गाँजा खेती सिन्धुलीमा पनि चुनौतीका रूपमा थपिँदै आएको छ । जिल्लामा कति क्षेत्रफलमा अवैध गाँजा खेती भएको छ ? यस विषयमा जानकारी नै छैन । तर प्रहरीले फडानी गरेको गाँजा र क्षेत्रफल हेर्ने हो भने पनि हरेक वर्ष सयौँ बिघामा अवैध गाँजा खेती हुने गरेको आकलन गर्न सकिन्छ ।

 

गाँजाको नर्सरी राख्ने, बेर्ना उत्पादन गर्ने र यही रोप्ने काम हुने गरेको भनाई छ । गाँजा खेतीका लागि प्राविधिक सहित राखेर गाँजाको खेती हुने गरेको बताइने गर्दछ । तर गाँजाको तयारी अवस्थामा प्रहरीले हरेक वर्ष गाँजाको फडानी गर्ने गर्दछ । खाद्यान्न र तरकारी उत्पादन हुने जमिनमा गाँजाको खेती हुने गर्दछ । लोभ र प्रलोभनमा परेर स्थानीय गाँजाको खेतीमा लागेको बुझ्न सकिन्छ । गाँजा खेती गरिएका दुर्गम क्षेत्रलाई सडक संजालले जोड्ने र गाँजा खेतीको विकल्पमा तरकारी खेती, बाख्रा पालन र अदुवा खेतीको निम्ति कृषकहरूलाई तालिमसँगै अनुदान पनि उपलब्ध गराउने वैकल्पिक योजनाहरू त्यस क्षेत्रमा पुर्‍याउन आवश्यक छ । लोभ र प्रलोभनमा परेर कानुन विपरीत अवैध गाँजाको उत्पादनमा लाग्नेलाई कारबाही हुनु पर्दछ र गाँजा खेतीप्रतिको बढ्दो मोह हटाउन सक्नु पर्दछ ।
 

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (क) मा गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्रीवितरण गर्न, निकासी वा पैठारी गर्न, ओसारपसार गर्न, सञ्चय गर्न वा सेवन गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ। जसअनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र दुई हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ। यसको व्यवसाय वा कारोबार गर्ने व्यक्तिलाई गाँजाको परिणामअनुसार हदसम्म जन्मकैद र ५ लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।

 



 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना