• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

तीनपाटन ७ लाई बालमैत्री बनाउने साझा प्रतिबद्धता

सिन्धुली २६ माघ २०८०


तिनपाटन गाउँपालिका ७ लाई बालमैत्री वडा बनाउने भएको छ । वडालाई २०८१ मंसिर ५ गते  अन्तर्राष्ट्रिय बाल दिवसको अवसर बाल मैत्री स्थानीय शासन वडा घोषणा गर्ने भएको हो ।


शुक्रवार सम्पन्न २ दिने बालमैत्री स्थानीय शासन सम्बन्धी तालिममा सरोकारवाला निकायहरूले बलमैत्री वडा घोषणा गर्न सामूहिक प्रतिबद्धता गरेका हुन् । तीनपाटन गाउँपालिका वडा नं. ७ को आयोजना  बालमैत्री स्थानीय शासन समितिको समन्वय  रिलिफ नेपाल सिन्धुली र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।


तालिममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी किन ?  बाल मैत्री स्थानीय शासनको ५१ वटा सूचक,  ५ वटा चरण, समितिको काम कर्तव्य अधिकारका बारेमा सहभागीहरूलाई रिलिफ नेपालका कार्यक्रम संयोजक पन्कज पाण्डे र सह प्रशिक्षक रिलिफ नेपालमा कार्यरत शान्ति बरालले जानकारी गराउनु भएको थियो ।


तालिममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बाल क्लब सञ्जालको प्रतिनिधि, शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, सरोकारबाला निकाएका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।


बालमैत्री वडा बनाउनका लागि बाल बचाउको सूचक स्वस्थ संस्था, महिला स्वास्थ्य संस्था, खानेपानी सरसफाइ समितिलाई, बाल विकासको सूचक सम्पूर्ण विद्यालय, शिक्षक, शिक्षा शाखा, बाल सरक्षणको सूचक वडा समिति र सम्पूर्ण  अभिभावक र बाल सहभागिता सूचकको लागि  बाल क्लब, बाल सञ्जाल, वडा समितिलाई जिम्मा दिइएको छ । वडा अध्यक्ष युवराज पहाडीले  सबैको साथ सहयोग पाए तोकिएको समयमा वडा लाई बाल मैत्री वडा घोषणा गर्न सकिने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

उद्योग वाणिज्य सङ्घमा आबद्ध सवैको निःशुल्क बिमा गर्छौ : श्रेष्ठ

सिन्धुली १८ फागुन ०८० सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सङ्घमा आबद्ध हुने सवैको निःशुल्क बिमा गर्ने बताउनु भएको छ ।

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया

सिन्धुली १८ फागुन ०८० जिल्लाका क्रियाशील पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ

सिन्धुलीका एसपि शर्मालाई स्वागत

सिन्धुली १८ फागुन ०८० जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक विनोद शर्मालाई शुक्रबार स्वागत गरिएको छ । होटेल तथा