• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सोनाम ल्होसारमा कमलामाईमा २ दिन बिदा

सिन्धुली २६ माघ ०८०


कमलामाई नगरपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिनको स्थानीय बिदा दिएको । सोनाम ल्होसारको अवसरमा माघ २७ र २८ गते स्थानीय बिदा दिएको हो ।


माघ शुक्ल प्रतिपदाका दिन मनाइने नयाँ वर्ष अर्थात् सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६० मू /पुखी (गडुल वर्ष) तामाङ समुदायहरूको सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा प्रदान गर्ने नीतिगत निर्णय अनुरूप स्थानीय बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहालले जानकारी दिनुभयो ।

 

माघ २७ र २८ गत कमलामाई नगरपालिका अन्तर्गतका कार्यालयहरू र सम्पूर्ण शिक्षण संस्थाहरू बन्द रहने छन् ।
 
यसैबिच कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोख्रेलले सोनाम ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दाजुभाइ दिदीबहिनी लगायत समस्त समुदाय प्रति सु स्वास्थ्य, दीर्घायु, सुख, संवृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना दिनुभएको छ ।

साथै यस पर्वको माध्यमबाट बहुभाषिक, बहु धार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस नगरपालिकाका सम्पूर्ण नगरवासीमा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व रहे अनुसार आउँदा दिनहरूमा प्रेम र समताको भावना बढ्ने विश्वास व्यक्त गर्नु भएको छ । शुभकामना मार्फत सांस्कृतिक पर्वहरूको माध्यमबाट शान्त, समुन्नत तथा संवृद्ध कमलामाई बनाउन –सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।

 
 

 

प्रतिकृया दिनुहोस

उद्योग वाणिज्य सङ्घमा आबद्ध सवैको निःशुल्क बिमा गर्छौ : श्रेष्ठ

सिन्धुली १८ फागुन ०८० सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सङ्घमा आबद्ध हुने सवैको निःशुल्क बिमा गर्ने बताउनु भएको छ ।

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया

सिन्धुली १८ फागुन ०८० जिल्लाका क्रियाशील पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ

सिन्धुलीका एसपि शर्मालाई स्वागत

सिन्धुली १८ फागुन ०८० जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक विनोद शर्मालाई शुक्रबार स्वागत गरिएको छ । होटेल तथा