• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

प्रधानमन्त्रीलाई दुग्ध उत्पादन सहकारीको ज्ञापन पत्र

सिन्धुली १४ फागुन ०८०


जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घ लिमिटेडले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर  पोख्रेल मार्फत प्रधानमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र पठाएको हो ।


जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घ लिमिटेड सिन्धुलीका अध्यक्ष नवराज गजुरेलले पठाउनु भएको ज्ञापन पत्रमा तत्काल सम्बोधन गर्नु पर्ने १४ बुदे माग र ७ बुदे दीर्घकालीन मागहरु उल्लेख गरिएको छ ।


दूध उत्पादनपछि जीवनयापनमा सहयोग मिल्दै आएकोमा हाल जिल्लामा किसानहरूले दूध बिक्री गर्न नपाएको र बिक्री भएको चार महिना बिती सक्दा पनि किसानले भुक्तानी पाउन नसकेकाले तत्काल सम्बोधन गर्नु पर्ने र दीर्घकालीन मागहरु ज्ञापन पत्र मार्फत पठाइएको गजुरेलले बताउनुभयो ।


तत्काल सम्बोधन गर्नु पर्ने मागहरूमा दूधको बिक्री वितरण सहज र सरल ढङ्गले हुनु पर्ने, हाल सम्मको बाँकी रहेको दूधको भुक्तानी कृषकले पाउनु पर्ने, सहुलियतपूर्ण ऋण कार्यक्रम कार्यान्वयनमा आउनु पर्ने, कृषि ऋणको समय सीमा ५ वर्षबाट बढाएर १५ वर्ष बनाउनुपर्ने, बिमा कार्यक्रम कार्यान्वयनमा आउनुपर्ने माग गरिएको छ ।


यस्तै कृषक परिचयपत्र वितरण तुरुन्त गर्नु पर्ने र परिचयपत्रको आधारमा शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात खर्चमा कृषकलाई छुट हुनुपर्ने, दूध उत्पादनको आधारमा किसानले अनुदान पाउनु पर्ने, सहकारीबाट उत्पादित दानामा प्रति के.जी. अनुदान हुनु पर्ने, दुग्ध सहकारीमा बिजुलीको महसुल ५० प्रतिशत छुट हुनु पर्ने, महिनामा २ पटक किसानकोमा पशु प्राविधिक पुग्नु पर्ने, कृषि तथा पशु प्राविधिकहरूलाई किसानले बोलाएको बेला जाँदा कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गर्नु पर्ने, दूध उत्पादनको आधारमा विना झन्झट अनुदान उपलब्ध गराउनुपर्ने, पशु आहार दानाको नियमित गुणस्तर परीक्षण गर्नु पर्ने र पराल ओसार प्रसार गर्दा बाटोमा दिने विभिन्न झन्झट र हप्ता उठाउन बन्द गर्नु पर्ने माग गरिएको छ ।


यस्तै ज्ञापन पत्र मार्फत दुग्ध नीति बनाउँदा कृषकको सहभागिता हुनु पर्ने, राष्ट्रिय दुग्ध विकास बोर्ड संस्थानलाई पुन संरचना गरी दुग्ध उत्पादक कृषकको सहभागितामा हुनु पर्ने, राष्ट्रिय दुग्ध विकास संस्थालाई सहकारी मोडेलमा लैजानुपर्ने, प्रत्येक जिल्लालाई दूध उत्पादन र बिक्री वितरणका कोटा निर्धारण गर्नुपर्ने, निजी डेरी उद्योग संचालन गर्ने सञ्चालकले खरिद बिक्रीको प्रतिबद्धता गर्नु पर्ने, उद्योगीले दूध खरिद गर्ने स्रोत परिमाण र शुद्धताको सुनिश्चित गरेको आधारमा मात्र दूध खरिद गर्नु पर्ने  र बैक ग्यारेन्टी राखेर मात्र दुग्ध व्यवसाय संचालन गर्न पाउनु पर्ने दीर्घकालीन माग रहेको छ । सिन्धुलीमा दैनिक १६ हजार २०० लिटर दूध सङ्कलन हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना