• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

दुग्ध उत्पादक सहकारीहरूले बुझाए ज्ञापन पत्र

सिन्धुली १४ फागुन ०८०


पशुपालन तथा दूध उत्पादक सहकारीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा १२ बुदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् । किसान र दूध सङ्कलन गर्ने सहकारी तथा वितरण गर्ने डेरीहरू दिनप्रतिदिन सङ्कटग्रस्त बनेको भन्दै विभिन्न माग राखेर प्रमुख जिल्ला अधिकारीलाई सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर  पोख्रेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।


दूध उत्पादन गर्ने किसानहरू बिदेसिनु पर्ने, सङ्कलन गर्ने सहकारीहरू बन्द गर्नुपर्ने र उद्योगहरूसमेत बन्द हुने अवस्थामा आइपुगेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस पेसा र व्यवसायलाई निरन्तरता वर्तमान अवस्थामा उत्पादन भएको दूधको बिक्री सुनिश्चित गर्नुपर्ने, सिमानाबाट अवैध रूपमा भित्रिएको दूध तथा दुग्धजन्य पदार्थको आयात पूर्णरुपमा बन्द गर्नु पर्ने, दूधको भुक्तानी समयमै उपलब्ध गराउनु पर्ने, दुग्ध क्षेत्रमा भएका बिचौलियाको अन्त्य गर्नु पर्ने माग राखिएको छ ।


यस्तै मिल्क होलिडे बन्द गर्नु पर्ने, किसानले पाउने प्रति लिटर ५ रुपैंया अनुदानलाई निरन्तरता दिनु पर्ने, पशु आहार (दाना) पशु औषधी लगायत पशुपालनसँग सम्बन्धित वस्तुको मनपरी मूल्य राज्यबाट अविलम्ब नियन्त्रण गर्नुपर्ने, अन्तर्राष्ट्रिय बजारमा दूध र दुग्धजन्य पदार्थको निर्यात गर्ने सहज वातावरणको व्यवस्था गर्नु पर्ने, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको रकम उपलब्ध गराउनु पर्ने,  दूध किसानलाई यस पेसामा जोगाइ राख्न कृषि कर्जामा अनुदान कार्यक्रम उपलब्ध गराउनु पर्ने, पशुपालन कृषकहरूलाई कृषक परिचय पत्र उपलब्ध गराइनु पर्ने र स्थानीय तहबाट वितरण गर्दै आएको दूधको अनुदान रकमलाई निरन्तरता दिन पहल गर्नु पर्ने माग रहेको छ ।
 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना