• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

अनेरास्ववियुद्धारा रवीन्द्र अधिकारीको सम्झनामा दीप प्रज्वलन

सिन्धुली १५ फागुन ०८०


स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा सिन्धुलीमा मङ्गलवार साँझ दीप प्रज्वलन गरिएको छ । अधिकारीको छैटौँ स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीले दीप प्रज्वलन गरेको हो ।


अनेरास्ववियु सिन्धुलीले अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका स्वर्गीय अधिकारीको सम्झनामा लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु सिन्धुलीका अध्यक्ष प्रशान्त लुंगेलीले जानकारी दिनुभयो । दीप प्रज्वलनसँगै अधिकारीले नेपाली राजनीतिमा पुर्‍याउनु भएको योगदानको स्मरण र चर्चा गरेको छ ।


शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरीयता, सबैका लाई गुणस्तरीय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदार, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डुबाउने लक्ष्मणपुर बाँधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीबिरुद्द आन्दोलन,  हत्यारा बस्ने दरबारमा हैन जेलखाना हो भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाइ गरेकै कारण विद्यार्थी आन्दोलनमा स्वर्गीय रवीन्द्र अधिकारीको नाम नमेटिने गरी लेखिएको छ ।


बि.सं. २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी निधन भएको थियो ।
 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना