• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

सिन्धुलीमा हतकडी तोडेर फरार

सिन्धुली १५ फागुन ०८०


सिन्धुलीमा प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति हतकडी सहित फरार भएका छन् । फागुन १२ गते बिहान ४ बजे हरिहरपुरगढी गाउँपालिका ७ मा क्यामनचुलीमा नियन्त्रणमा लिएको व्यक्ति हतकडी सहित फरार भएका हुन् ।


प्रहरी चौकी क्यानेश्वरबाट गएको प्रहरी टोलीले क्यामनचुलीबाट सर्लाही तर्फ जाँदै गरेको ना ४४ प ६०२९ नम्बरको पल्सर मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार २० किलो गाँजा सहित मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर हतकडी लगाएको थियो ।


मोटरसाइकल, गाँजा छोडेर हतकडी सहित उक्त व्यक्ति भाग्न सफल भएको प्रहरीको भनाई छ । पक्राउ परेका व्यक्ति हतकडी सहित भिरमा हाम फाली जङ्गल तर्फ भागेको र खोजी कार्य भई रहेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो । फरार रहेका व्यक्तिले पक्राउ परेको स्थान भन्दा ३०० मिटर पर हतकडी तोडेर फरार भएका छन् । गाँजा ओसार प्रसारमा संलग्न व्यक्ति को थिए भन्ने अझै खुल्न सकेको छैन । क्यामनचुली स्थितमा अवैध गाँजा ल्याउँदै छ भन्ने विशेष सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना