• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

आगामी आबका लागि कृषि विकास कार्यालयद्वारा कार्यक्रमहरू माग

सिन्धुली १८ फागुन ०८०


जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले आर्थिक वर्ष ०८१÷०८२ का लागि कार्यक्रमहरू माग गरेको छ । आगामी आर्थिक वर्षका लागि कार्यक्रमहरू तर्जुमा गर्ने सन्दर्भमा राय सल्लाह सुझाव सहित कार्यक्रम मग गरेको हो ।


शुक्रबार जिल्लाका सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै हाल सम्म माग भएका कार्यक्रमको बारेमा छलफल र कृषक तथा स्थानीय तहहरूलाई कृषक लक्षित के कस्ता कार्यक्रमहरू पेस गर्न आग्रह गरेको छ ।


कार्यालय प्रमुख अरुण खनालले प्राप्त भएका कार्यक्रमहरूको अध्ययन गरि आगामी आर्थिक वर्षमा ती कार्यक्रमहरू समावेश गर्ने र आगामी आर्थिक वर्षमा समावेश गर्न नसकिएका तर माग भएका कार्यक्रमहरूलाई अर्को वर्षमा समावेश गर्ने बताउनुभयो । कार्यालयले एउटा ढाँचा बनाएर स्थानीय तहहरूसँग कार्यक्रम माग गरिएको र केही स्थानीय तहले पठाएको र केही स्थानीय तहले पठाउन बाँकी रहेको बताउनुभयो ।


स्थानीय तहले आफ्नो पालिकामा समेटिनु पर्ने र आगामी आर्थिक वर्षका लागि प्राथमिकतामा राख्नु पर्ने कार्यक्रम सुझाव र उपलब्धि सहित पेस गरिएको र किसानहरूले समेत आवश्यक कार्यक्रमहरू सुझाव दिन सक्ने उहाँको भनाई छ ।


बजेटको सिलिङ आउन बाँकी रहे पनि कार्यालयले कार्यक्रमहरू माग गरेर आगामी आर्थिक वर्षमा कस्ता कार्यक्रमहरू कार्यालयले गर्नु पर्दछ भनेर माग बमोजिमका कार्यक्रमहरू संचालन गर्ने लक्ष्य लिएको बताउनुभयो । विशेष गरेर कृषकको उत्पादन र उत्पादकत्वलाई बृद्धि गर्ने खालका कार्यक्रमहरू संचालन गर्ने बताउनुभयो ।


कार्यक्रममा रासायनिक मलको हाहाकारलाई कम गर्न प्राङगारिक मल बनाउने कार्यक्रम ल्याउनु पर्ने, कृषि उपज बजार विस्तार गर्नु पर्ने, खाद्यान्नको अभाव हुन नदिन र उत्पादन कृषि गर्ने कार्यक्रम ल्याउनु पर्ने, युवालाई कृषिमा आकर्षित गर्नु पर्ने, स्थानी तहले युवा पलायन रोक्ने नीति बनाउनु पर्ने, वडा स्तरीय कृषि सञ्जाल बनाउनु पर्ने, कृषिको लागत विवरण सङ्कलन गर्नु पर्ने, न्यूनतम समर्थन मूल्य तोकिनु पर्ने, तरकारीको बजार र मूल्य सुनिश्चित गर्नु पर्ने सुझाव दिएका थिए ।


जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मातृका भट्टराई, रामकुमार पहाडी, शुष्पा भुजेल, सुकुमाया तामाङ जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख कृषि अधिकृत, कृषक लगायतको उपस्थिति रहेको थियो ।


आगामी आर्थिक वर्षका कार्यक्रमहरू तर्जुमा गर्ने सन्दर्भमा कार्यक्रम प्रविष्टि गनुृ पूर्व राय, सल्लाह, अन्तरक्रिया तथा कार्यक्रम सङ्कलन गर्ने प्रयोजनार्थ सरोकारवाला निकायहरूबिच योजना तर्जुमा गोष्ठीमा कृषि विकास कार्यालय सिन्धुलीका कृषि प्रसार अधिकृत उमा देवी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको संचालन प्रभुनाथ प्याकुरेलले गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना