• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

सिन्धुलीका एसपि शर्मालाई स्वागत

सिन्धुली १८ फागुन ०८०


जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक विनोद शर्मालाई शुक्रबार स्वागत गरिएको छ ।


होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष सिताराम पहाडीको अध्यक्षतामा सङ्घका संस्थापक अध्यक्ष पदाधिकारी, सदस्य, बिट्स मिडिया प्रालिका अध्यक्ष विष्णु हरि खतिवडाले एसपि शर्मालाई स्वागत गरेका हुन् ।


स्वागत पछि सम्बोधन गर्दै एसपि शर्माले देशको अर्थ तन्त्रलाइ ठुलो टेवा दिने होटेल पर्यटन व्यवसाय आर्थिक मन्दिको चपेटामा परेकोमा दुख व्यक्त गर्दै होटेल तथा पर्यटन व्यवसायलाई आर्थिक समृद्धि तर्फ लानलाई आफ्नो तर्फ बाट गर्न सक्ने भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । होटलहरु निर्बाध रूपमा सञ्चालन गर्न आग्रह गर्दै सन्चालनको क्रममा सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष सिताराम पहाडीले एसपि शर्माले व्यवसायीका हरेक समस्याहरू एकाघरको परिवारको समस्या जस्तै मानी  समाधान गर्ने प्रतिबद्धता व्यवहारमा लागु भएको हेर्न चाहेको बताउनुभयो ।


स्वागत मन्तव्य राख्दै संस्थाका संस्थापक अध्यक्ष बद्री बहादुर कार्की लगायतले एसपि शर्मालाई स्वागत गर्दै शुभकामना दिएका थिए ।
 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना