• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया

सिन्धुली १८ फागुन ०८०


जिल्लाका क्रियाशील पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।


कमलामाई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पत्रकारहरूलाई वैदेशिक रोजगारीका बारेमा पत्रकारहरूलाई जानकारी गराइएको हो ।


कार्यक्रममा सामी परियोजना कमलामाई नगरपालिकाका सम्पर्क व्यक्ति बबिन्द्रलाल माझीले सहजीकरण गर्दै वैदेशिक रोजगारको वर्तमान अवस्था, अवसर र चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो ।


उहाँले यस परियोजना नेपालका ३८ जिल्लाका १५६ स्थानीय तहमा कार्यक्रम संचालन भएको जानकारी दिनुभयो । परियोजनाले जिल्लाका सबै स्थानीय तहमा सूचनामा पहुँच, न्यायमा पहुँच र सिप विकास तालिम संचालन गर्दै आएको र कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिन पाटन गाउँपालिका र हरिहरपुरजढी गाउँपालिकामा मनोसामाजिक परामर्श र वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनुभयो ।


नेपालीहरूको वैदेशिक रोजगारीका लागि मलेसिया, कतार, दुबई, कुवेत, द कोरिया, रोमानिया, क्रोसिया, माल्टा, साइपर्स र मालदिप प्रमुख गन्तव्यको रूपमा रहेको बताउनुभयो । बागमती प्रदेशमा सिन्धुली जिल्ला वैदेशिक रोजगारीमा जाने छैटौँ जिल्लामा पर्ने बताउनुभयो । वैदेशिक रोजगारी रोजगारीको आपतकालिन रूपमा रोजगारीको विकल्प भएको र बिदेसी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत भएको बताउनुभयो ।


अदक्ष कामदार, जोखिमपूर्ण काम, दैनिक ३–५ जनाको रोजगारीको सिलसिलामा मृत्यु, सम्बन्धित देशको कानुन, भाषाको बारेमा जानकारी नहुनु, महिलाहरू थप जोखिममा, पारिवारिक बेमेल, ठगी अलपत्र, आन्तरिक बसाई सराई जस्ता समस्याहरू रहेको बताउनुभयो ।


कार्यक्रममा सामी परियोजना जिल्ला संयोजक केआर विजय दाहालले वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र तिनका परिवारमा राज्य संयन्त्रबाट संरक्षण तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभ लिने यस कार्यक्रमको लक्ष्य रहेको बताउनुभयो । रोजगारीमा जाने ७० प्रतिशत नेपाली कामदार अदक्ष कामदार रहेको बताउँदै सामी परियोजनाले विदेशमा जान इच्छुक र सिप सिक्ने व्यक्तिहरूलाई निःशुल्क सिपमूलक तालिम संचालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले स्वदेशमा रोजगारी सिर्जना गर्न, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर सिप सिकेर मात्र जान आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना