• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

उद्योग वाणिज्य सङ्घमा आबद्ध सवैको निःशुल्क बिमा गर्छौ : श्रेष्ठ

सिन्धुली १८ फागुन ०८०


सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सङ्घमा आबद्ध हुने सवैको निःशुल्क बिमा गर्ने बताउनु भएको छ । शुक्रबार पत्रकारहरुसंग भेटघाट गर्दै उहाँले यस बार्णिजय सङ्घको सदस्यता लिएका र भोलिका दिनमा सदस्य लिनेहरूको दुर्घटनाको बिमा सङ्घले गर्ने बताउनु भएको हो ।


उहाँले भन्नुभयो “ हाम्रो सङ्घमा आबद्ध सदस्यहरूको दुई लाख ५० हजार बरावरको दुर्घटनाको बिमा गरिएको छ । जसमा एक लाख बरावरको दुर्घटना औषधी उपचार खर्च रहने छ र मृत्यु भएमा दुई लाख बिमा रहने छ ।” पहिलो चरणमा ४८० जना व्यवसायी सदस्यहरूलाई समावेश गरिएको र क्रमशः यसलाई बढाउने लैजाने उहाँले भन्नुभयो ।


संंघमा आबद्ध सदस्यहरूको व्यवसायमा कुनै दैविक विपत् परेका भलाईकोषवाट आर्थिक सहयोग दिने र सदस्यको मृत्यु भएमा १५ हजार सहयोग गर्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।


सिन्धुली उद्योग वाणिज्य सङ्घ र कमलामाई नगरपालिको संयुक्त आयोजनामा संचालन भएको सिन्धुली महोत्सव २०७९ मुख्य उद्देश्य अनुसार दमकल खरिद प्रक्रिया अन्तिम चरण (टेन्डर पश्चात् दमकल बडी निर्माण र रङ्ग रोगन) मा रहेको जानकारी दिदै अवको २५ दिन भित्र दमकल आइसक्ने बताउनुभयो ।


आफ्नो टिम आय पछि सङ्घले दिने सेवालाई प्रभावकारी बनाउन सर्वप्रथम सचिवालयको व्यवस्थापन गरि विषयगत कर्मचारीहरूलाई छुट्टै कार्यकक्षको व्यवस्था, पदाधिकारी कक्ष, पदाधिकारी बैठक कक्ष र करिब १२० जनाको सभा हल निमार्ण गरिएको बताउनुभयो ।


व्यापारी व्यवसायीहरू र आम उपभोक्ताहरुलाई सचेत गराउन सचेतनात्मक कार्यक्रम सञ्चालन, उद्योगिव्यवसायिहरुले आफ्नो व्यापार व्यवसाय गर्दा अपनाउनु पर्ने व्यावसायिक आचार संहिता सहित उपभोक्तहरुको हक हित सम्बन्धी ब्रोसर मार्फत सचेतना कार्यक्रम संचालन गरिँदै आएको बताउनुभयो । सङ्घले सिन्धुली जिल्लामा रगतको अभावले कसैले मृत्यूवरण गर्नु नपरोस् भनी नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीको अभियानलाई ब्लड बैङ्क स्थापनाको लागि एक लाख रुपैंया सहयोग हस्तान्तरण गरि सकेको समेत बताउनुभयो ।


जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरूलाई सेवा सम्बन्धी जानकारी दिन स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको, जिल्लामा हुने प्रकोप वा विपतको लागि रेडक्रस सिन्धुलीसँग समन्वय गरि सङ्घबाट तत्काल खाद्य सामाग्री वितरण गर्ने कार्य गर्दै आएको, जिल्लामा व्यापार व्यवसाय संचालनगर्दै आउनु भएका उद्योगी व्यापारीहरूलाई सङ्घको छाताभित्र आबद्धता गर्न, सङ्घमा आबद्धता किन, आबद्धताको फाइदा आदी विषयमा जानकारी दिन घरदैलो कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो ।


सङ्घको सेवा र उपस्थितिलाई प्रभावकारी बनाउन गोलन्जोर, ध्याङ्लेख, फिक्कल र हरिहरपुरगढी गाउँपालिकामा सङ्घको शाखा विस्तार गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना