• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024

कोरोना संक्रमण रोकथामका लागि सिन्धुलीमा मास्क अभियान

सिन्धुली, ४ मंसिर / सिन्धुलीमा कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि मास्क अभियान सुरु गरिएको छ । जिल्लामा कोरोना नसकिएको र संक्रमण पुनः फैलन सक्ने भन्दै मास्क अभियान सुरु गरिएको हो ।


कोभिड नियन्त्रणको लागि सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा कोभिड नियन्त्रणको लागि मास्क अभियान कमलामाई नगरपालिका र C19 Rapid Action Taskforce – C19 RAT को आयोजना तथा सामूहिक सरोकार समाज  सिन्धुली, गैर सरकारी संस्था महासंघ सिन्धुलीको समन्वयमा सुरु भएको हो ।


सिन्धुलीको सदरमुकाममा मानिसको चहलपहल बढी रहेकाले यहाँ मास्क अभियान सुरु गरिएको सामूहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो ।


उहाँका अनुसार  कोभिड नियन्त्रण नभएको भन्दै सर्वसाधारणलाई सचेतना गराउन अभियान सञ्चालन गरिएको हो ।  सो कार्यक्रम अन्तर्गत सचेतना ¥याली, मास्क वितरण, मास्कको प्रयोग र व्यवस्थापनको विषयमा स्वास्थ्य स्वयंसेवीका मार्फत प्रशिक्षण र घरदैलो कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई रहेको छ । ¥यालीमा नागरिकलाई सचेत हुन आग्रह गर्दै मास्क वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

मरिण महोत्सवमा निःशुल्क आयुर्वेद सम्बन्धी परामर्श र उपचार सेवा

सिन्धुली १६ पुस ०८० चौथो मरिण महोत्सवमा दुई सय जनाले आयुर्वेद सम्बन्धी परामर्श र उपचार लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले

सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीहरूको अल्टिमेटमले सेवा प्रभावित हुने

सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूले पाउनु पर्ने पारिश्रमिक माग गर्दै अल्टिमेटम दिएका छन् । ०८० पुस १९ गते सम्म पारिश्रमिक उपलब्ध

घ्याङलेखका स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेदबारे जानकारी

घ्याङलेख गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी जानकारी गराइएको छ । बुधबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र