• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सम्झनामा : “सम्झना”

२०४९ फाल्गुन २२ गतेको त्यो अन्धकार दिनमा पटट पटट नौलो आवाज आउँछ रमिन्टारको पाखो थर्कने गरि । ठाडो बाटोको पँधेरोमा कपडा धोइरहेको म झसङ्ग झस्कन्छु र नियाल्छु भित्ताका अररी घारी!विल कुल शून्य लाग्छ बजार तिर नियाल्छु बुङ्ग धुवाँ र धुलो उडिरहेको छ । उही आवाज दोहोरिन्छ म हतार हतार पाखै पाखा घरतिर कुद्छु ।


आवाजको पछि दौडन मन लाग्छ स्याँस्याँ गर्दै बजार पुग्छु । ओहो!अघिको कोलाहल धुवाँ भित्र मेरै स्कुलको अबोध किशोरी छातीमा गोलीको वर्षा भएर ढलिछिन् !! अपत्यारिलो अपुष्ट समाचारले हातखुट्टा लगलगाउँछन् र घ्याच्च भैमा बस्न पुग्छु । भरत कार्की सचिव र म अध्यक्ष भएको अखिल पाँचौँको  स्कुल प्राक र त्यही संगठनमा आबद्ध एउटै स्कुलमा आठ कक्षामा पढ्ने बालिकामाथि गोलि लाग्दा म गैर जिम्मेवार हुने त कुरै भएन । कुराको सबै चुरो पत्ता लगाउँदा धुरा बजारको बिचमा प्रिय बहिनी सम्झनालाई तत्कालीन गृहमन्त्री शेरबहादुरका दलाल सिपाहीले गोली ठोकेर लडाएछन् । शंकर नाथ शर्मा सम्झनाको उपचारार्थ सिन्धुली रेडक्रसको एम्बुलेन्समा जनकपुर जानुभएछ । घुँडामा गोली लागेका बासु देवकोटा सिन्धुली हस्पिटलको इमर्जेन्सीमा जनकपुरबाट एम्बुलेन्स आउने आसामा ऐया ऐया गर्दै रहेछन् उनी सिन्धुली बहुमुखी क्याम्पसको विद्यार्थी थिए अखिल छैटौँमा आबद्ध । हामी वासुजीको नजिकै थियौ उनी छटपटाइ रहेका थिए । जनकपुरबाट मगाएको एम्बुलेन्स बाहिर आएको खबर आयो हामीले उनलाई उठाएर गाडीमा हाल्यौ तेहि ड्राइभरले खबर ल्यायो ढल्के पुग्दा नपुग्दै सम्झनाको प्राण प्रकृतिमा लिन भएछ । शेषराज सर र कल्पना म्यामको काख रित्तिएछ भाइहरू सन्तोष र सन्जयको सदासदाका लागि हरेक तिहारमा निधार खालि खालि भएर चेली विहीन टुहुरा भएछन् सिङ्गो सिन्धुलीबाट भविष्यको कर्णधार सिन्धुलीलाई सदा हसाउन सक्ने तागत भएकी एक यौद्दा गुमाउन पुगेछ । नेपाल आमाले यौटा वीर सपुत गुमाएर अपूरणीय क्षति व्योहोर्नु परेकोमा हामी निःशब्द थियौ हरेकका आँखाबाट बलिन्द्र धारा आशु चुहिएका थिए । आवेग, आक्रोश र उत्तेजना भित्र सम्झना झल्किरहेकी थिइन् । वासुजीलाई लिएर गाडी गेटमा मात्र के पुगेको थियो हस्पिटलको कम्पाउन्ड भित्रै हामी जम्मा जम्मी बिस जनालाइ भगाउन हुनुपर्छ अनायास काएर सेरबहादुरको बन्दुक अन्धाधुन्ध पड्कन थाल्यो कसलाई ताकेको थियो देखिएन कसलाई लाग्यो थाहा भएन तर गोली निरन्तर पड्किरयो । म कसरी भागेँ जान्दिन एकै चोटि हालको अर्कस्या होटेल रहेको ठाउँमा आफूलाई भेटाएँ होसै उडेछ मेरो त!सिङ्गो रातमाटालाई एक सासमा फन्को मारेर म मिलनचोक निस्किएँ आखिर म पनि अठारै वर्षको केटो त थिएँ ।


सहिदको सूचिमा प्रिय बहिनी सम्झना सूचीकृत हुनुभयो । भर्खर हुर्कँदै गरेको कलिलो मुना परिपक्क राजनीतिक चेतनाको अभावमै आफूलाई सच्चा देशका पहरेदार ठान्ने गिद्दहरु शासकहरूको आँखाको कसिङ्गर बन्न पुग्नुभएछ । ह्रदय धुजाधुजा फटाएर सहिद सम्झनाको लास आइपुग्ने प्रतीक्षामा हामी दिनभर पर्खिरयौ । सम्झनाको पार्थिव शरीरलाई जनकपुरबाट सिन्धुली ल्याउँदै गर्दा माइस्थानमा अबोरोध गरिएछ त्यहाँका स्थानीय साथीहरूको सहयोगमा त्यही सद्गत गरेर थोरै घाम डुब्न बाँकी हुँदा कम्रेडहरु सिन्धुली आउनुभयो । सिन्धुली बजार क्षेत्रमा कर्फ्यु लगाइसकेको हुँदा जनज्योति मावि  फोस्रेटरको मैदानमा तत्कालीन नेकपा एमाले सिन्धुलीले श्रद्धाञ्जली सभा आयोजना ग¥यो । त्यति बेलाका सिन्धुलीको  पार्टी नेतृत्व शंकर सरको काखैमा सम्झनाको प्राण पखेरु उडेछ   उहाँले सम्पूर्ण घटना विवरण बोल्ने क्रममा राख्तै गर्दा खुब रुनु भएको कुरा झल्झलि याद आइरहन्छ ऐले पनि ।
 

प्रतिकृया दिनुहोस

२० वर्ष नपुगी विवाह गर्ने समस्या

बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया २० वर्ष भन्दा

अग्रगमनकारी भनेका को हुन ?

उपयुक्त अग्रगमन शब्द कसैको लहडमा व्यख्या गरिने शब्द हैन । यो शब्द कसैको वैचारिक दृष्टिकोणको मापन गर्ने मापक शब्द हहो र मापकका रुपमा नै व्याख्या

भूमि व्यवस्थाको इतिहास खोज्दै जाँदा

नेपालको भूमि व्यवस्था निकै पुरानो छ । बैदिककालमा समेत भूमिको प्रसङ्ग आउने गरेको पाइन्छ । नेपालमा वैदिककादेखि नै भूमिलाई राज्यको अधीनमा राखी सो