• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

वन डँडेलो नियन्त्रणमा साझा अभियान बनाऊ

फागुनदेखि जेठ महिना सम्मको समयलाई वन डढेलोको याम भनेर चिनिने गरिन्छ । यस अवधिमा अधिकांश वनमा डँडेलो लगाइने गरिन्छ । यो समयमा डढेलोको समस्या कुनै एक भूगोलको मात्र नभएर देश भर कै समस्या हो । यस अवधिमा कहाली लाग्दो जन धनको क्षति समेत व्यहोर्नु परेको छ ।


मानव वस्ति खरानी भएका छन् । वन प्राकृतिक र मानवीय धनजनको ठुलो क्षति गर्दै हुने गरेको छ । डँडेलो नियन्त्रणका सवालमा विभिन्न जनचेतना मूलक कार्यक्रम हुने गरेका छन् । तर पनि डँडेले कसले लगायो यो विषय गर्भमा नै रहन्छ । समुदाय स्तरमा जनचेतनामूलक अभियानका साथै वन डढेलो विज्ञानसम्बन्धी क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरी डढेलोविरुद्ध जाइलाग्न सक्ने सचेत प्रतिबद्ध अभियानकर्मीहरू तयार गर्दै आवश्यक पर्ने साधन स्रोतसमेत समयमै योजना र व्यवस्थापन गर्न आवश्यक छ । डढेलोका कारण हरेक वर्ष वन, जैविक विविधता र सामाजिक, आर्थिक क्षेत्रमा पुग्ने क्षतिको मूल्याङ्कन कहिकतैबाट भएको पाइदैन् ।


डढेलोले मच्चाएको हाहाकार सञ्चारमाध्यममा सार्वजनिक बहसको विषय पनि बन्ने गरेको छ । तर डढेलो नियन्त्रणमा सक्रिय चासो देखाउनुपर्ने सरोकारवालाहरूले साझा धारणा बनाउन आवश्यक छ ।


 वन डढेलो कुनै एक निकाय वा संस्थाको मात्र नभएर सबैको साझा चुनौती हो । कोठे बैठक र गोष्ठीले मात्र यसको प्रकोपबाट मुक्ति पाउन नसकिएला । हाल सम्मका प्रयास र साधन स्रोतलाई स्थानीय तहसम्म पु¥याई वन डढेलोविरुद्ध ज्यान हत्केलामा राखेर लाग्देै आएका समुदाय, वन पेसाकर्मी र सुरक्षा निकायका अभियानकर्मीलाई प्रोत्साहन हुने गरी विशेष राहते व्यवस्था गर्नु आवश्यक छ । सकारात्मक साझा अभियानले साझा शत्रु वन डढेलोको चुनौती सामना गर्न सकिन्छ । वनमा डढेलो लगाउनु तथा वन्यजन्तुको सिकार गर्नु अपराध हो । यस्तो कार्य गर्ने गराउनेलाई वन ऐन २०७६ र प्रदेश ऐन २०७६ अनुसार बिगो असुल गरी रु.६० हजार सम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भए पनि नियमन निकायले नियमको कार्यान्वयन गरेको पाइँदैन ।

 

प्रतिकृया दिनुहोस

२० वर्ष नपुगी विवाह गर्ने समस्या

बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया २० वर्ष भन्दा

अग्रगमनकारी भनेका को हुन ?

उपयुक्त अग्रगमन शब्द कसैको लहडमा व्यख्या गरिने शब्द हैन । यो शब्द कसैको वैचारिक दृष्टिकोणको मापन गर्ने मापक शब्द हहो र मापकका रुपमा नै व्याख्या

भूमि व्यवस्थाको इतिहास खोज्दै जाँदा

नेपालको भूमि व्यवस्था निकै पुरानो छ । बैदिककालमा समेत भूमिको प्रसङ्ग आउने गरेको पाइन्छ । नेपालमा वैदिककादेखि नै भूमिलाई राज्यको अधीनमा राखी सो