• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

अग्रगमनकारी भनेका को हुन ?

फाल्गुणी शर्मा तिमल्सिना / कृष्णप्रसाद ढकाल

उपयुक्त अग्रगमन शब्द कसैको लहडमा व्यख्या गरिने शब्द हैन । यो शब्द कसैको वैचारिक दृष्टिकोणको मापन गर्ने मापक शब्द हहो र मापकका रुपमा नै व्याख्या गरिन्छ । कसैले आफ्नो लहडमा मनगढन्ते भ्रमजाल फिंजाउन अग्रगामी र पश्चगामी भनि सिर्जना गरिएका शब्द त यी हुँदै होइनन् । अगाडितर्फ बढ्ने, परिवर्तनका प्रगतिशिल वैचारिक बाटो अवलम्बन गर्ने शक्तिलाई अग्रगामी वा अग्रगमनकारी भनिन्छ । प्रतिगामी वा प्रतिगमनकारी ठीक यसको उल्टो शक्ति हो ।


एमाले पार्टीलाई प्रतिगामी, प्रतिगमनकारी, पश्चगामी तत्व भन्नुसँग कतै तालमेल खाँदैन । यस्तो आक्षेप लगानु त भाँगको नसाले गाँजेर विचेतमा बरबराए जस्तै हो । एमालेको सरकारले साढे तीन वर्षमा गरेका असल कामको लामै फेहरिस्त यत्रतत्र समाजमा छरपस्त छन । ती खुला कितावकै रुपमा छन । बुझ पचाएर दुष्प्रचार गर्नु अति निन्दनिय कर्म हो । अझ एमालेले गरेका कामलाई हामीले गरेका हौं भनि उच्च स्वरले चिच्याउनु त झन दुर्भाग्यपूर्ण हो । परिवर्तन गर्ने, गर्न चाहने शक्ति, अग्रगतिमा अगाडि बढेको शक्ति, सामाजिक जीवनमा आमूल परिवर्तन गर्ने शक्ति अग्रगामी शक्ति हो । त्यो शक्ति नै नेकपा एमाले हो । इश्र्याको भुंग्रोमा पिसोलिएर मनगढन्ते कुरा उब्जाएर बरबराउनु पक्कै पनि आफ्नै कद घटाउनु हो ।


वास्तवमा साङ्लाले गोडामा छाँद हाले झैं काम गर्न पाइला नै सार्न नदिएपछि र भाग चाहियो त्यो पनि उधारो हैन हाताहाती भनि ठूलो भाग खोजेर बाटो छेकेपछि त्यो लालची किचलोले पुरै अवरोध खडा ग¥यो । परन्तु सदन विघटन गर्न बाध्य हुनुप¥यो । ताजा जनादेशमा जानुप¥यो । जनता सामु ताजा जनादेश लिन जानु, जनादेशमा जान खोज्नु र जानु त लोकतन्त्रको गहना हो । त्यसै कुरामा सैसला खेल्दै आफु खुशी शब्दको अपव्याख्या गरी असल वस्तु, असल सन्देशलाई अवमुल्यन गर्ने यनिै शिर्ष कहलिएका केहि नेताहरु नै हुन । मुखैमा आईपुगेको स्थानीय चुनावमा यीनको सात्तो खाँदै सूर्य ध्वजाबाहक लालझण्डालाई उच्च शिखरमा पु¥याई विजयी श्री पहिरिनुपर्छ ।


हुँदा खाने वर्गका बीच भ्रमजालको किस्सा रचेर आशाको त्यान्द्रोमा अल्झाई राख्ने निकृष्ट र निच सोंचाई ति हुने खाने वर्गको हो । नेकपा एमाले हुदा खाने वर्गको हितलाई सर्वोपरि ठान्छ । यसै वर्गको मुक्तिका लागि सदा तत्पर रहन्छ । यस पार्टीको पूर्व इतिहासले यीनै र यस्तै रोचक पाठ सिकाउँछ, सुनाउँछ ।


नेकपा एमाले, एकीकृत माक्र्सवादी, लेनिनवादी सैदान्तिक धरातलमा उभिएर जनताको बहुदलिय जनवादप्रति आगाध भरोसा राख्ने पार्टी हो । श्रमजीवि शोषित पीडितको आशाको केन्द्र, आशा स्तम्भ हो । अन्याय अत्याचार शोषण उत्पीडन र असाध्यै बन्दै गरको भ्रष्टाचार रुपी महारोगलाई समूल अन्त्य गर्ने जिम्मेवारी पनि यसै पार्टीको काँधमा छ । यस्तो गहन जिम्मेवारी बहन गर्ने पार्टीका आफ्ना खास चुनावी प्रतिवद्धताहरु छन । ति चुनावी प्रतिवद्धता जनमुखी प्रतिवद्धता छन

जनताको जीवनसँग प्रत्यक्ष जोडिने प्रतिवद्धताले पनि नेकपा एमाले विकासलाई माया गर्ने अग्रगामी पार्टी हो भन्ने देखिन्छ ।

चुनावको वखत उमेदवारका आफ्नै सिमाहरु हुन्छन । जनतासामु बोल्दा ति सिमाहरु पार गरेर फोस्रा आश्वासन बाँड्ने, गर्न नसकिने र हुनै नसक्ने कामका बारेमा फाईंफुट्टी जोड्ने, वास्तविक धरातलबाट अन्यत्रै बहकिने, यो पनि गर्छु त्यो पनि गर्छु र जे पनि गर्छु भनेर जनताका सामु नभनेकै वेश । जनताका समस्या के छन ? आवश्यकता के हो ? उनीहरुलाई तत्कालै चाहिएको के छ ? दैनिकीमा उनीहरुले कस्ता कस्ता समस्याहरु झेलिरहेका छन । गर्जो के हो ? त्यस ठाउँको टड्कारो समस्या के हो ? सो को पहिचान गर्न आवश्यक देखिन्छ । ठाउँ नै पिच्छेका समस्याहरु अलग अलग हुने गर्छन । ती समस्यालाई सम्बोधन गर्न हाम्रो आँकडा कस्तो छ ? यी सब कुरालाई मनन गर्दै हामीले मुख खोल्नु राम्रो होला । हामी आफै हौसेर यो पनि हुन्छ, त्यो पनि हुन्छ भन्ने नगर्नु राम्रो हो । राम्रोसँग सोंच विचार गरि बोल्ने बानी बसालौं । बोलेको कुरा पुरा गरौं । हावादारी गफ नगरौं । जनताका चाहना धेरै आकाशिएका र महत्वकांक्षी हुदैनन भन्ने हेक्का राखौं । उनीहरुको चाहना हाम्रो काबु भित्रैका हुन्छन । उनीहरुका समस्या खानेपानीका पाईप, ५,१० बोरा सिमेन्ट, मलबिउ, तरकारी फलफूल खेतिका लागि प्रोत्साहन गर्न अनुदानको व्यवस्था, उचित बजारीकरण, व्यवसायीक पशुपालन, जस्तापाता, किसानलाई हाते ट्याक्टर, कुटान पिसान मिल, निशुल्क शिक्षा, व्यवसाय गर्न विना व्याज विना धितोको ऋण, व्यवहारिक प्राविधिक शिक्षा जस्ता कुराहरु जस्ता सामान्य हुन्छन । एउटा कुवा, इनार बनाउने माग हुन सक्छन ।


यी मागहरु विना आश्वासन पुरा गर्न आवश्यक छ । जनताका दैनिक समस्यालाई समाधान गर्ने र योजनावद्ध विकास गर्ने पार्टी र त्यसका उमेदवारलाई भारी मतले विजयी गराउनु आवश्यक छ ।   

 

प्रतिकृया दिनुहोस

२० वर्ष नपुगी विवाह गर्ने समस्या

बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया २० वर्ष भन्दा

भूमि व्यवस्थाको इतिहास खोज्दै जाँदा

नेपालको भूमि व्यवस्था निकै पुरानो छ । बैदिककालमा समेत भूमिको प्रसङ्ग आउने गरेको पाइन्छ । नेपालमा वैदिककादेखि नै भूमिलाई राज्यको अधीनमा राखी सो

वन डँडेलो नियन्त्रणमा साझा अभियान बनाऊ

फागुनदेखि जेठ महिना सम्मको समयलाई वन डढेलोको याम भनेर चिनिने गरिन्छ । यस अवधिमा अधिकांश वनमा डँडेलो लगाइने गरिन्छ । यो समयमा डढेलोको समस्या कुनै एक