• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

जय बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाको छैटौँ साधारण सभा सम्पन्न

सिन्धुली,२६ पुसकमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले सहकारीहरू मर्च गरी बैङ्किङ सेवा जसरी संचालन गर्न सके सहरकारीहरूको उद्देश्य पुरा हुने  बताउनुभयो । उहाँले जय बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभयो ।


जिल्लामा रहेका उत्कृष्ट सहकारीहरू बिच मर्च गरेर बैङ्किङ कारोबार गर्नु पर्ने देवकोटाले धारणा राखिन । उनले जिल्लामा सञ्चालनमा रहेका केही लघु वित्तहरूले नगरपालिकाको वडा वडा, टोल टोलमा पुगेर महिलाहरूको समूह बनाए चर्को व्याजमा जमानीमा पैसा दिँदा धेरै महिलाहरू अहिले घरविहीन हुने अवस्थामा पुगेको बताउँदै उहाँले यसलाई रोक्नको लागी सहकारीहरूले प्रभावकारी ढङ्गबाट कृषि तथा अन्य आयआर्जनका क्षेत्रमा काम गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।


जानी नजानी अहिले बस्ती बस्तीका महिलाहरू ऋणमा डुबेको बताउँदै उनले यस्ता वित्तीय संस्थाहरूलाई विस्थापित गर्नु सहकारीहरूलाई पहिलो चुनौती भएको बताउनुभयो । लघु वित्तहरूले समूह बनाउने अनि समूह जमानीमा चर्को ब्याजदरमा ऋण लगानी गर्दा व्याज तिर्न नसकेर घरबार नै गमाएको उनले बताउनुभयो ।


यस्ता वित्तीय संस्थाहरूको ऋण तिर्नको लागी धेरै पुरुष दाजुभाइ बिदेसिन बाध्य बनेको  बताउँदै देवकोटाले यस्ता ऋणलाई रोकी सहकारीहरूले लगानी गर्ने हो भने सहकारी र समूह दुवैलाई फाइदा हुने बताउनुभयो ।


जयबुद्ध बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष द्वारिका काफ्लेको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाको प्रमुख आतिथ्ययतामा भएको साधारण सभालाई जिल्ला सहकारी सङ्घका सचिव खडनन्द तिमल्सिना, कमलामाई नगरपालिकाकी सहकारी विभाग प्रमुख इन्दिरा थापा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष काफ्लेले संस्थाको हाल सम्मको अवस्था र भावी रणनीतिको बारेमा खाका प्रस्तुत गरेका थिए भने सचिव भीम बहादुर  श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


सचिव श्रेष्ठले प्रस्तुत गरेको  प्रतिवेदनमा सहकारीले गत आर्थिक वर्षमा २११ जना सदस्यहरू रहेकोमा यस आर्थिक वर्षको अन्त्य सम्ममा ३७५जना पु¥धाउने लक्ष्य राखिएको छ । यसै गरी संस्थाको शेयर पुजिलाई बृद्धि गरी ८ लाख ४ हजार ७ सय बाट ३० लाख पु¥धाउने लक्ष्य राखिएको छ । गत आवको अन्त्य सम्ममा सहकारीले २२ लाख ९८ हजार २८५ रुपैयाँ ऋण लगानी गरेकोमा यसलाई बृद्धि गरी यस आर्थिक वर्षको अन्त्यसम्ममा ७० लाख पु¥धाउने लक्ष्य राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे

सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन

कुकरले टोकेका पशुलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाइयो

सिन्धुली, २० भदौ ०८० दुधौली नगरपालिका ३ र ६ मा बौलाहा कुकरको टोकाइबाट घाइते भएका पशुहरूलाई रेबिज विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा

सिन्धुलीमा लम्पी स्किन रोग विरुद्ध साताव्यापी खोप अभियान सुरु

सिन्धुली, २५ साउन ०८० सिन्धुलीमा बिहीबार देखी लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु