• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

राजदेवीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सिन्धुली, २८ पुस २०७९


श्री राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्था कमलामाई नगरपालिका –५ राजपानी सिन्धुलीले संस्थाको तेस्रो वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
यम कुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा सङ्कलित दूध सङ्कलन सँगै बजार व्यवस्थापन कार्यमा विशेष भूमिका रहेको सिन्धुली डेरी उद्योग प्रा.लि. सिन्धुलीका सञ्चालक बलराम अधिकारी लाई संस्थाले  स–सम्मान कदर पत्र प्रदान गरेको छ ।


यस्तै संस्थालाई सहकारी भवन निर्माण गर्न जग्गा उपलब्ध गराई सहयोग गर्नुहुने माधव अधिकारी/ रुकमिणि अधिकारीलाई स– सम्मान कदर पत्र दिएको छ । संस्थाको शेयर सदस्य भई व्यवसायी पशुपालन गरि संस्थामा गाई भैसिको  दूध विक्री गर्ने कृषक चन्द्र बहादुर ठोकर, नीलहरि दाहाल, यज्ञ बहादुर थापा, सार्कीमान तामाङ, प्रयागराज खतिवडा, उर्मिला कार्की र कृष्णहरि कार्कीलाई सम्मान गरिएको छ ।


सहकारीको तेस्रो वार्षिक साधारण सभा को अवसरमा संस्थाको शेयर सदस्य भई संस्थामा दूध बिक्री गर्ने सम्पूर्ण कृषकलाई प्रति लिटर १ (एक) का दरले रकम प्रदान गरिएको छ । संस्थामा हाल दैनिक ८०० देखि ९०० लिटर दूधको कारोबार भइरहेको र आ.व. २०७८/७९ मा संस्थाको कुल कारोबार २ करोड ७५ लाख भन्दा माथि रहेको संस्थाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे

सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन

कुकरले टोकेका पशुलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाइयो

सिन्धुली, २० भदौ ०८० दुधौली नगरपालिका ३ र ६ मा बौलाहा कुकरको टोकाइबाट घाइते भएका पशुहरूलाई रेबिज विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा

सिन्धुलीमा लम्पी स्किन रोग विरुद्ध साताव्यापी खोप अभियान सुरु

सिन्धुली, २५ साउन ०८० सिन्धुलीमा बिहीबार देखी लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु