• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

२० वर्ष नपुगी विवाह गर्ने समस्या

बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ । बालिकाको लागि २० वर्ष भन्दा माथि र बालको हकमा २० वर्ष भन्दा माथि विवाह गर्न उपयुक्त उमेर भनेर कानुन मा तोकिएको छ ।


जिल्लामा तथ्याङ्क हेर्ने हो भने बाल विवाहको सङ्ख्या न्यून पाइन्छ । कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । बाल विवाहले शारीरिक तथा मानसिक रोगको सिकार हुने, स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउने, घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने, कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ । व्यवहारिक कुरा बुझ्न नपाउँदै जीवन बरबाद हुन सक्ने र परिवार चलाउन गाह्रो हुने गर्दछ ।


बाल विवाहको उन्मूलन गर्न विशेष गरी छोरीहरूको सशक्तीकरण गर्नु पर्दछ, बाल विवाह पुराना परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडिएको विषय हो, सर्वप्रथम त्यस्ता कुसंस्कार र जातीय व्यवस्थालाई बदल्नुपर्छ, समुदायसँग नजिक स्थानीय सरकार रहन्छ, उसले बाल विवाह विरुद्ध अभियान सञ्चालन गर्नुपर्छ । बाल विवाह गर्ने, गराउनेलाई सामाजिक बहिस्कार गर्न सक्नुपर्छ । बाल विवाह गैर कानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भन्ने जान्दा जान्दै पनि यस्तो गलत परिपाटीका विरुद्ध सङ्गठित आवाज उठ्न सकेको छैन । तसर्थ राज्यले कानुनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न कन्जुस्याइँ गर्नुहुन्न ।

प्रतिकृया दिनुहोस

अग्रगमनकारी भनेका को हुन ?

उपयुक्त अग्रगमन शब्द कसैको लहडमा व्यख्या गरिने शब्द हैन । यो शब्द कसैको वैचारिक दृष्टिकोणको मापन गर्ने मापक शब्द हहो र मापकका रुपमा नै व्याख्या

भूमि व्यवस्थाको इतिहास खोज्दै जाँदा

नेपालको भूमि व्यवस्था निकै पुरानो छ । बैदिककालमा समेत भूमिको प्रसङ्ग आउने गरेको पाइन्छ । नेपालमा वैदिककादेखि नै भूमिलाई राज्यको अधीनमा राखी सो

वन डँडेलो नियन्त्रणमा साझा अभियान बनाऊ

फागुनदेखि जेठ महिना सम्मको समयलाई वन डढेलोको याम भनेर चिनिने गरिन्छ । यस अवधिमा अधिकांश वनमा डँडेलो लगाइने गरिन्छ । यो समयमा डढेलोको समस्या कुनै एक