• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

वडामा बालमैत्री सिकाइ केन्द्र स्थापना

 सिन्धुली २२ भदौ ०८०


तिनपाटन गाउँपालिका ५ मा शुक्रबार बालमैत्री सिकाइ केन्द्र स्थापना गरिएको छ । वडालाई बालमैत्री वडा घोषणाको तयारी भई रहेका वेला बालमैत्री सिकाइ केन्द्र स्थापना गरिएको हो ।


वडा कार्यालयले कोठा उपलब्ध गराएपछि सिकाई केन्द्र स्थापना गरिएको रिलिफ नेपालका शान्ति बरालले जानकारी दिनुभयो । रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित परियोजना बाट सिकाइ केन्द्र व्यवस्थापनमा यस केन्द्रले सहयोग पुर्‍याउने उहाँको भनाई रहेको छ ।


सिकाई तथा पढाई, खेलकुदका सामाग्री र केन्द्र संचालन गर्न एक थान कम्प्युटर प्रदान गरिएको छ ।  सिकाइ केन्द्रमा विद्यालय बिदाको दिन बालबालिकाहरू अध्ययन तथा मनेरञ्जनका लागि जानेछन् ।


तिनपाटन गाउँपालिका ५ लाई भदौ २९ गते बाल मैत्री वडा घोषणा गरिने बताइएको छ । बाल मैत्री वडा घोषणा गर्न सूचक नम्बर ३९ लाई सहयोग पुग्ने गरि केन्द्र स्थापना गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

भूकम्पले ग्रस्त जाजरकोटमा रिलिफले बनायो टीएलसी भवन

सिन्धुली १२ पुस ०८० भूकम्पले ग्रस्त जाजरकोटको भेरी नगरपालिका ४ मा रिलिफ नेपाल सिन्धुलीले विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र निर्माणका लागि टीएलसी

सिन्धुलीका दुई विद्यालयलाई राष्ट्रिय पुरस्कार

सिन्धुली, ३ असोज ०८० सिन्धुलीका दुई वटा सामुदायिक विद्यालय पुरस्कृत भएका छन् । बि.सं.२०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको

कम्प्युटर एशोसिएशनको सहयोगपछि कला घरमा सिसी क्यामरा जडान

सिन्धुली, ३० भदौ ०८० कमलामाई नगरपालिका ३ चपौलिमा रहेको सिन्धुली कला घरमा शनिवार सिसी क्यामेरा जडान गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ,