• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

कम्प्युटर एशोसिएशनको सहयोगपछि कला घरमा सिसी क्यामरा जडान

सिन्धुली, ३० भदौ ०८०


कमलामाई नगरपालिका ३ चपौलिमा रहेको सिन्धुली कला घरमा शनिवार सिसी क्यामेरा जडान गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, जिल्ला शाखा सिन्धुलीको सहयोगमा ८ वटा सिसी क्यामेरा जडान गरिएको हो ।


सिन्धुली कला घरमा अवलोकन गर्न आउने अवलोकन कर्ताको सङ्ख्या बृद्धि भएसँगै कला घरमा भएका सामाग्रीको निरीक्षण र संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, जिल्ला शाखा सिन्धुलीका अध्यक्ष अजय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


जेके ट्रेर्डस, स्टार कम्प्युटर सिस्टम केन्द्र, सिन्धुली, इजि कम्प्युटर इन्स्टिच्युट, सिन्धुली, न्यु, वि. एस. एस. कम्प्युटर इन्स्टिच्युट सिन्धुली, एच. पी. कम्प्युटर सिन्धुली, न्यु जेके डेक्सटप कम्प्युटर इन्स्टिच्युट सिन्धुली , श्रेष्ठ कम्प्युटर ट्रेर्डस सिन्धुली, कमलामाई कम्प्युटर सप सिन्धुली, न्यु क्यालड्रोन फ्याक्स प्रिन्ट सिन्धुली, गेटवे साइबर सिन्धुली, वि.वि.आर डेक्सटप एण्ड कम्प्युटर इन्स्टिच्युट सिन्धुली, न्यु क्यापिटल कम्प्युटर ट्रेडर्स काठमाण्डौं, एडभान्स कम्प्युटर बनेपा काभ्रे र वावु सप्लार्यस, हेटौडा मकवानपुरको सहयोगमा सिसी क्यामेरा जडान गरिएको उहाँले जानकारी दिनुभयो ।


एउटै कला घरमा सिन्धुलीको मौलिक संस्कृतिको अवलोकन गर्न सकिने भएकाले सिन्धुली कला घरको जगेर्ना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । सिन्धुली कला घरको अवलोकन गर्दा कला घर भित्रको आधुनिक प्रविधि भित्रिनु पहिला नै परापूर्व कालमा प्रयोगमा ल्याइने हलो, जुवा, तेल पेल्ने कोल, घुम, छत्री, ढिकी जाँतो, कुटो कोदालो, सिकार खेल्न प्रयोग गरिने गुलेली, आरन भाँटी, डोको, माछा मार्ने जलारी, चुथ्रोलगायतका घरेलु सामग्रीले थप आकर्षित पार्ने गरिएको छ उहाँले भन्नुभयो “यस्ता सामग्री लोप हुँदै जाँदा पछिल्ला पुस्ताले देख्न पनि छाडेका बेला सङ्कलन गरेर सङ्गृहीत गरिएका सामग्री अवलोकन गर्दा नयाँ पुस्ताले इतिहासको बारेमा जानकारी लिन सक्ने छन् ।” सिसी क्यामेरा जडान गर्ने कार्यमा सहयोग गर्ने सवैमा उहाँले धन्यवाद दिनुभयो । सवैको साझा प्रयास र सहयोगले हाम्रा लोप हुँदै गएको मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

भूकम्पले ग्रस्त जाजरकोटमा रिलिफले बनायो टीएलसी भवन

सिन्धुली १२ पुस ०८० भूकम्पले ग्रस्त जाजरकोटको भेरी नगरपालिका ४ मा रिलिफ नेपाल सिन्धुलीले विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र निर्माणका लागि टीएलसी

सिन्धुलीका दुई विद्यालयलाई राष्ट्रिय पुरस्कार

सिन्धुली, ३ असोज ०८० सिन्धुलीका दुई वटा सामुदायिक विद्यालय पुरस्कृत भएका छन् । बि.सं.२०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको

वडामा बालमैत्री सिकाइ केन्द्र स्थापना

 सिन्धुली २२ भदौ ०८० तिनपाटन गाउँपालिका ५ मा शुक्रबार बालमैत्री सिकाइ केन्द्र स्थापना गरिएको छ । वडालाई बालमैत्री वडा घोषणाको तयारी भई रहेका वेला