• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सिन्धुलीका दुई विद्यालयलाई राष्ट्रिय पुरस्कार

सिन्धुली, ३ असोज ०८०


सिन्धुलीका दुई वटा सामुदायिक विद्यालय पुरस्कृत भएका छन् । बि.सं.२०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालय राष्ट्रिय स्तरको पुरस्कार बाट पुरस्कृत भएका हुन् ।


दुधौली नगरपालिका ११ मा रहेको कमला माध्यमिक विद्यालय मैनी पहिलो र  कमलामाई नगरपालिका ४ ढुंग्रेबासमा रहेको कमला माध्यमिक विद्यालय, ढुंग्रेवास दोस्रो भएका छन् ।
मङ्गलवार सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा पहिलो हुने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजा र ३ लाख नगद पुरस्कार प्रदान गरेको छ भने दोस्रो हुने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजा र २ लाख नगद पुरस्कार प्रदान गरिएको छ ।

 

दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी र कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेल साथै दुई विद्यालयका प्रधानाध्यापकलाई मन्त्रालयले पुरस्कार ग्रहण गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

भूकम्पले ग्रस्त जाजरकोटमा रिलिफले बनायो टीएलसी भवन

सिन्धुली १२ पुस ०८० भूकम्पले ग्रस्त जाजरकोटको भेरी नगरपालिका ४ मा रिलिफ नेपाल सिन्धुलीले विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र निर्माणका लागि टीएलसी

कम्प्युटर एशोसिएशनको सहयोगपछि कला घरमा सिसी क्यामरा जडान

सिन्धुली, ३० भदौ ०८० कमलामाई नगरपालिका ३ चपौलिमा रहेको सिन्धुली कला घरमा शनिवार सिसी क्यामेरा जडान गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ,

वडामा बालमैत्री सिकाइ केन्द्र स्थापना

 सिन्धुली २२ भदौ ०८० तिनपाटन गाउँपालिका ५ मा शुक्रबार बालमैत्री सिकाइ केन्द्र स्थापना गरिएको छ । वडालाई बालमैत्री वडा घोषणाको तयारी भई रहेका वेला