• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

कन्दमूलकाे राजस्वमा कमी

सिन्धुली १७ असोज ०८०

जिल्ला कन्दमूल विकास केन्द्र सिन्धुलीमा अघिल्लो वर्ष भन्दा यस वर्ष राजस्वमा कमी आएको छ ।


अघिल्लो वर्ष १६ लाख राजस्व  सङ्कलन भएको थियो भने आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क हेर्दा २ लाख घटेर १४ रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला  कन्दमूल तरकारी विकास केन्द्र  सिन्धुलीले जनाएको  छ ।


कन्दमूल तरकारि विकास केन्द्रको काम वर्ष भरि बीउ उत्पादन गर्ने, अनि  तरकारी र  फलफूलको बिरुवाहरू बनाई कृषकलाई  बजारमा पाईने चर्का मूल्य र गुणस्तरहिन् भएको बिरुवा भन्दा  विश्वसनीय र भरपर्दो गुणस्तर  विजन बिरुवाहरू बनाएर कम मूल्यमा कृषकलाई  उपलब्ध  गराउने हो । कृषकलाई त्यसबाट सेवा दिए बापत  शुल्क लिने  गरेको कन्दमूल तरकारी विकास  केन्द्र  सिन्धुलीका प्रशासन प्रमुख ध्रुव प्रसाद ढकालले  बताउनुभयो ।


मौसमी तरकारीहरू भ्यान्टा, काउली, ब्रो काउली, घिरौँला,  खोर्सानी जस्ता प्रजातिका  तरकारीका बर्ना उत्पादन गर्ने गरिएको उहाँको भनाई छ । कार्यालयले लिची र आँपको बिरुवा तयार पारेर कृषकलाई वितरण गर्दै आएको समेत उहाँले बताउनुभयो । तरकारीको  बिरुवाहरू २ रुपैयाँ ५० पैसामा  बोच्ने गरेको  र आँप प्रति बिरुवा १ सय रुपैयाँ  र लिची प्रति बिरुवा ७५ रुपैयाँमा किसानलाई बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।


अहिलेको समयमा  भने सबै   फलहरू भखरै  बेचेर सकाएको छौँ उहाँले भन्नुभयो “मौसमी तरकारीको बिउहरू लगाउने तयारी  भइरहेको छ, साग, फुल काउली, ब्रो काउली, टमाटर, भ्यान्टा जस्ता तरकारीको  बीउ लगाइरहेका छौ ।”


उहाँले भन्नुभयो “राजश्व घट्नुको कारण भनेको एक फल कम फल्नु उत्पादन घट्नु हो, हामीले सिलबन्दी टेन्डर हालेर  व्यापारीलाई फल दिएको हुन्छौँ यस वर्ष दुई खालको  टेन्डर  भुइँकटर र लिचीको  टेन्डरमा गत वर्षको फल भन्दा यस वर्ष फल कम फलेकाले  व्यपारीहरुले पनि  कम  टेन्डर हालेकाले हाम्रो  सरकारी दर अनुसारको मूल्य तोकेकाले अघिल्लो वर्ष  भन्दा उत्पादनमा पनि कमी भएको हो ।” जसकार कारण राजश्वमा कमी भएको  कन्दमूल तरकारी  विकास केन्द्रका प्रशासन प्रमुख ध्रुव प्रसाद ढकालको भनाई छ ।
नेपालकै सानो कृषि फाम सिन्धुली जिल्लाको कुन्दमुल तरकारी  विकास  केन्द्र  भएकोले  यहाँका कृषकहरूको माग अनुसार  बीउ, बिरुवाहरू उत्पादन गरेर कृषकलाई  उपलब्ध  गराउन नसकिएको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस

फिक्कलको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन हुने

सिन्धुली ११ मंसिर ०८० फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा

मदन देव श्रेष्ठको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना

सिन्धुली, १८ कार्त्तिक २०८० मदन देव श्रेष्ठको स्मृतिमा कमलामाई नगरपालिका ६ पानिट्ङकीमा रहेको शिद्धबाबा माध्यमिक विद्यालयमा एक लाख २ हजार

नेपालको सार्वजनिक ऋणको आकार २२ खर्ब नाघ्यो

सरकारको कुल सार्वजनिक ऋणको आकार भने २२ खर्ब नाघेको छ । गत आवको थप ऋण र साँवा ब्याज भुक्तानी कटाएर २२ खर्ब २१ अर्ब ६७ करोड रुपियाँ तिर्न बाँकी ऋणका रूपमा