• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

अनि युवा किन खाडी नभासियोस् ?

चुनाव आउँदा ढाल बनिदिनुपर्ने
हर चुनौतीमा सतिसाल बनिदिनुपर्ने
तपाई महाङ्काल हामी कङ्काल बनिदिनुपर्ने ?
अवसर आउँदा बेहाल बनिदिनुपर्ने ?
ल कमरेड भनिबक्सियोस्
अनि युवा किन खाडी नभासियोस् ?

 


विद्यालय सुधार रे? निजी स्कुल तपाईँको
जो सँग लडाई छ उहिसग हिँडडुल तपाईँको
उद्योग कलकारखाना स्रोत तपाईँको
दलालहरुसग ओतप्रोत तपाईँको
अझै कति दिन पत्याइदिनुपर्ने
हाम्रा व्यवहार जहिल्यै लत्त्याइदिनुपर्ने ?
ल कमरेड भनिबक्सियोस्
अनि युवा किन खाडी नभासियोस् ?


त्यो माइलाको छोरा तपाईँको उद्योगमा अयोग्य
त्यो साइँलाको छोरा तपाईँको योगमा अयोग्य
कतै हुनै लाग्दा तपाइको संयोगमा अयोग्य
अवसरको घेरा आफन्तहरूको मातहत
सक्रिय युवा पङ्ति जहिल्यै हताहत ?


ल कमरेड भनिबक्सियोस्
अनि युवा किन खाडी नभासियोस् ?
पच्चीस वर्ष अघि पनि तपाइको अहिले पनि तपाईँको
हामी चुप बस्दिनुपर्ने जहिले पनि तपाईँको
अझ हाम्रै उछितो खन्ने रुद्रघण्टी तपाईँको
किन लाग्नु बेकार जन्ती तपाईँको
ल कमरेड भनिबक्सियोस्
अनि युवा किन खाडी नभासियोस् ?



 

प्रतिकृया दिनुहोस

सिन्धुलीमा जिल्ला स्तरीय लोक नृत्य तथा गायन प्रतियोगिता हुने

सिन्धुली ४ पुस  ०८० सिन्धुलीमा  जिल्ला स्तरीय लोक नृत्य  तथा गायन प्रतियोगिता २०८० सिन्धुलीले लोक स्टार सिजन १ को  आयोजना  गर्ने भएको  छ

ओलीलीद्धारा शेषराजका “चुच्चे नक्सा” र “सिन्धुली दर्पण” विमोचन

सिन्धुली २६ मङ्सिर ०८० सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहालद्वारा लिखित दुई पुस्तकको मंगलबा विमोचन भएको छ । नेकपा एमालेका अध्यक्ष केपि ओलीले

बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

नवलपुर, १२ चैत । बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को