• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

राष्ट्रिय माझी गोल्ड कप जारी : सिन्धुली, ओखलढुङ्गा र सुनसरी सेमिफाइनलमा

सिन्धुली १८ कार्त्तिक ०८०


सिन्धुलीमा जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा शनिवार क्वाटर फाइनलका तीन खेल सम्पन्न भएका छन् । नेपाल माझी सङ्घ मकवानपुर-नेपाल माझी सङ्घ ओखलढुङ्गा, नेपाल माझी सङ्घ धनकुटा-नेपाल माझी सङ्घ सुनसरी र नेपाल माझी सङ्घ सिन्धुली आयोजक-नेपाल माझी सङ्घ उदयपुर बिच प्रतियोगिता सम्पन्न भएको हो ।

 

शनिवार भएको प्रतियोगिताबाट सिन्धुली, ओखलढुङ्गा र सुनसरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।


नेपाल माझी सङ्घ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीका अनुसार बिहान भएको पहिलो खेलमा मकवानपुरलाई हराउँदै ओखलढुङ्गाले सेमिफाइनलमा पुगेको हो । ओखलढुङ्गाले २ गोल र मकवानपुरले १ गोल गरेको थियो ।


यस्तै शनिवार भएको दोस्रो खेलमा सुनसरीले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ धनकुटालाई ५ गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा पुगेको हो । सुनसरीले ५ गोल गर्दा धनकुटा शून्य गोलमा सीमित भयो । नेपाल माझी सङ्घ सुनसरीका जर्सी नं. ६ का खेलाडी रितेश माझीले ४ गोल गर्न सफल हुनुभयो ।


शनिवारको तेस्रो खेलमा नेपाल माझी सङ्घ सिन्धुली आयोजकले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । नेपाल माझी सङ्घ उदयपुरलाई हराउँदै आयोजकले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । सिन्धुली आयोजकले १ गोल र उदयपुरले शून्य गोलमा सीमित भयो ।


सिन्धुली माझी सङ्घ सिन्धुलीका जर्सी नं. १० का खेलाडी राजकुमार माझी, नेपाल माझी सङ्घ ओखलढुङ्गाका जर्सी नं. ९९ का खेलाडी निशान माझी र माझी सङ्घ सुनसरीका जर्सी नं. ६ का खेलाडी रितेश माझी म्यान अफ द म्याच घोषणा हुनुभयो ।

 

प्रतिकृया दिनुहोस

कमलामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुली ९ माघ २०८० कमलामाई नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका मङ्गलवारबाट सुरु भएको छ । कमलामाई नगर खेलकुद विकास

चम्पादेवीलाई चौथो राष्ट्रपति रनिङ्गशिल्डको उपाधि

तीनपाटन गाउँपालिकामा गत शनिवारबाट सुरु भएको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि चम्पादेवी माध्यमिक विद्यालयले

तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि सिन्धुलीलाई

सिन्धुली २१ कार्त्तिक ०८० तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल