• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

मदन देव श्रेष्ठको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना

सिन्धुली, १८ कार्त्तिक २०८०


मदन देव श्रेष्ठको स्मृतिमा कमलामाई नगरपालिका ६ पानिट्ङकीमा रहेको शिद्धबाबा माध्यमिक विद्यालयमा एक लाख २ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । परिवारको सहयोगमा स्वर्गीय मदनदेव श्रेष्ठको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।


अक्षयकोष बापतको रकम परिवारका सदस्यले शनिवार वडा अध्यक्ष उज्ज्वल थापालाई हस्तान्तरण गरेका छन् । अक्षय कोषबाट हुन आउने व्याजले विद्यालयको वार्षिक उत्सवमा कक्षा १ देखि १२ सम्मका विपन्न ,जेहेन्दार विद्यार्थिहरुलाई प्रोत्साहन स्वरूप छात्र वृत्ति वितरण गरिने छोरा महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो । हरेक शिक्षा क्षेत्रमा लगानी वृद्धि गरी गरिबिको रेखामुनि रहेका परिवारका बालबालिकालाई शिक्षा क्षेत्र ठुलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।


श्रेष्ठको हिन्दु परम्परा अनुसार मिति २०८० कात्तिक १८ गते वार्षिक पुण्य तिथिको अवसरमा शनिवार श्रीमती खरिदेवि श्रेष्ठ र छोरा बुहारीहरू मुरारिदेव श्रेष्ठ रेणुका श्रेष्ठ , महादेव श्रेष्ठ रिता श्रेष्ठ, महेन्द्र देव श्रेष्ठ सरिता श्रेष्ठ, विनोद श्रेष्ठ साथै छोरीहरू मधु कुमारी श्रेष्ठ र मञ्जु कुमारी श्रेष्ठ लगायत स्वर्गीय मदन देव श्रेष्ठको परिवारबाट चिर सान्तीको कामनार्थ मदन देव श्रेष्ठ स्मृति अक्षय कोष २०८० स्थापना गरिएको छ ।


विद्यालयलाई अक्षय कोष सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिगत रूपमा दर्ता नभए सम्मको लागि सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामाई ६ सिन्धुलीमा खाता खोली सञ्चालन गरिनेछ भने अक्षय कोषमा भएको रकमको त्रैमासिक रूपमा १३.७५ प्रतिशत ब्याजदर प्रदान गरिने जनाइएको छ ।


 अक्षय कोषको वार्षिक ब्याजबाट आएको रकम भुक्तानी लिन विद्यालयको तर्फबाट प्रधानाध्यापक र अक्षय कोषको तर्फबाट स्वर्गीय श्रेष्ठका साइला छोरा महेन्द्र देव श्रेष्ठको हस्ताक्षर रहने छ ।


१९८९ साल आश्विन १५ गते रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मनु भएका स्वर्गीय श्रेष्ठको २०७९ आश्विन २९ गते उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल काठमाडौँ ९० वर्षको उमेरमा निधन भएको थियो ।

 

प्रतिकृया दिनुहोस

फिक्कलको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन हुने

सिन्धुली ११ मंसिर ०८० फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा

कन्दमूलकाे राजस्वमा कमी

सिन्धुली १७ असोज ०८० जिल्ला कन्दमूल विकास केन्द्र सिन्धुलीमा अघिल्लो वर्ष भन्दा यस वर्ष राजस्वमा कमी आएको छ । अघिल्लो वर्ष १६ लाख राजस्व  सङ्कलन

नेपालको सार्वजनिक ऋणको आकार २२ खर्ब नाघ्यो

सरकारको कुल सार्वजनिक ऋणको आकार भने २२ खर्ब नाघेको छ । गत आवको थप ऋण र साँवा ब्याज भुक्तानी कटाएर २२ खर्ब २१ अर्ब ६७ करोड रुपियाँ तिर्न बाँकी ऋणका रूपमा