• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि सिन्धुलीलाई

सिन्धुली २१ कार्त्तिक ०८०


तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल माझी सङ्घ रामेछापलाई हराउँदै नेपाल माझी सङ्घ सिन्धुली ए ले उपाधि कब्जा गरेको हो ।


पहिलो र दोस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि कब्जा गर्दै आएको नेपाल माझी सङ्घ रामेछापले तेस्रो राष्ट्रिय माझी गोल्ड कपमा उपविजेतामा चित्त बुझाएको छ ।


खेलको निर्धारित समयमा नेपाल माझी सङ्घ रामेछापले दुई गोल र नेपाल माझी सङ्घ सिन्धुली ए ले दुई गोल गरेपछि बराबरी गोलमा समय सकिएको थियो । नेपाल माझी सङ्घ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीका अनुसार पेनाल्टी सुट आउटमा नेपाल माझी सङ्घ सिन्धुली ए ले नेपाल माझी सङ्घ रामेछापलाई  ७–६ गोल अन्तरले पराजित गरेको हो ।


विजेता सँगै नेपाल माझी सङ्घ सिन्धुली ए ले २ लाख ६५ हजार ५५५ रुपैंया नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल माझी सङ्घ रामेछापले १ लाख ३२ हजार २२२ रुपैंया नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने नेपाल माझी सङ्घ सुनसरीले  ६६ हजार ६६६ नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा चौथो हुने नेपाल माझी सङ्घ सिन्धुपाल्चोकलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

कमलामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुली ९ माघ २०८० कमलामाई नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका मङ्गलवारबाट सुरु भएको छ । कमलामाई नगर खेलकुद विकास

चम्पादेवीलाई चौथो राष्ट्रपति रनिङ्गशिल्डको उपाधि

तीनपाटन गाउँपालिकामा गत शनिवारबाट सुरु भएको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि चम्पादेवी माध्यमिक विद्यालयले

राष्ट्रिय माझी गोल्ड कप जारी : सिन्धुली, ओखलढुङ्गा र सुनसरी सेमिफाइनलमा

सिन्धुली १८ कार्त्तिक ०८० सिन्धुलीमा जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा शनिवार क्वाटर फाइनलका तीन खेल सम्पन्न भएका छन् । नेपाल माझी