• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

मध्य पहाडी क्षेत्रको सम्भावना खोज्न एमालेको सङ्कल्प यात्रा : कटुवाल

आउनुहोस छलफल, बहस गरौ, मध्यपहाडी क्षेत्रको सम्भावना खोजी गरौ

सिन्धुली २५ मङ्सिर ०८०


नेकपा (एमाले)का बागमती प्रदेश कमिटि सदस्य प्रदीप कटुवालले झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्रामा मध्य पहाडको सम्भावना खोज्ने यात्रा भएको बताउनुभयो । सरोकार टाइम्ससंग कुरा गर्दै उहाँले मध्य पहाडी क्षेत्रमा रहेका सम्भावनाको खोजी गर्न एमाले यस अभियान लिएर अघि बढेको बताउनुभयो ।


मध्य पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि यस संकल्पयात्राले सहयोग पुग्ने उहाँको भनाई छ । नेकपा एमालेले मध्य पहाडी क्षेत्रका नागरिकमा समस्यै समस्या भएकाले बसाइसराइ जस्ता समस्याहरू सिर्जना भए पनि वैकल्पिक राजमार्गका रूपमा मध्यपाहाडी पुष्पलाल राजमार्ग निर्माणको काम अगाडि बढाएको स्मरण गराउनुभयो ।


यस क्षेत्रमा एमालेले महत्वका साथ आफ्ना गतिविधि पनि गरिरहेको बताउँदै उहाँले भन्नुभयो “दार्चुला जिल्लाको झुलाघाटबाट अध्यक्ष केपी ओलीले प्रारम्भ गर्नु भएको अभियान मङ्गलवार सिन्धुलीको खुर्कोटमा सुरु हुदैछ ।” यो यात्रा मध्य पहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा भएको भन्दै उहाँले यस अभियानले यस क्षेत्रको विकास, समृद्धि र सुखी नेपालीको आकाङ्क्षालाई पुरा गर्ने भएकाले यस अभियानमा सामेल हुन र अमूल्य सुझाव दिन हुन अनुरोध गर्नुभयो ।


एमाले शीर्ष नेतृत्वसँग विकास प्रेमी समुदायहरू सहभागी हुनु पर्ने उहाँको भनाई छ । नेकपा एमालेलाई थप सङ्गठित र सुदृढ बनाउँदै मध्यपहिाडी क्षेत्रको विकासको सम्भावनाको खोजी गर्ने एमालेको यस यात्रामा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।


विभिन्न रणनीतिक महत्वका सडक, अस्पताल, पुल, विद्यालय लगायतका कयौँ संरचना एमालेको पालामा बनेको बताउँदै कटुवालले सङ्कल्प यात्रा विकासबाट पछाडि परेको मध्य पहाडी भेगका जनता र विकास अवस्थाबारे बुझ्दै यहाँको सम्भावनाबारे राष्ट्रिय स्तरमा बहस हुने एक महत्त्वपूर्ण अवसरको रूपमा हेर्नु पर्ने बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्राका क्रममा जनताहरूसँग प्रत्यक्ष संवाद गरी विकासको सम्भावना खोजीनिती गर्नु हुने भएकाले सिन्धुलीको गोलञ्जोर, फिक्कलका बासिन्दाले उल्लेख्य मात्रामा सहभागी जनाउने बताउनुभयो । सबै विकास प्रेमी समुदायलाई यहाँको सम्भावना बारे खुलेर बहस गर्न यस यात्रामा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

यात्राको १३ औं दिन ओलीले नेकपा एमालेका संस्थापक नेता ऋषिराज देवकोटा (आजाद)को भूमि खुर्कोटमा मङ्गलवार बिहान ८ बजे भेटघाट र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 





 

प्रतिकृया दिनुहोस

अनेरास्ववियु फिक्कलको अध्यक्ष गणेश काफ्ले

सिन्धुली ५ फागुन ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा गणेश काफ्ले चयन हुनु भएको छ । शनिवार

अनेरास्ववियु गोलन्जोरको अध्यक्षमा नरेश चालिसे

सिन्धुली २७ माघ ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोलञ्जोरको अध्यक्षमा नरेश चालिसे चयन हुनु भएको छ । शनिवार सम्पन्न भएको प्रथम

एमालेमा जनप्रतिनिधिलाई कार्यकारी पदको उम्मेदवार बन्न नपाउने व्यवस्था

नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ  । एमाले