• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

जनताले भने एमाले बाहेक अरूबाट विकासको आस रहेन : ओली

सिन्धुली २६ मङ्सिर ०८०


नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओलेले एमालेको नेतृत्व विना विकास र परिवर्तन सम्भव नभएको बताउनुभयो ।


नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३ औं दिन सिन्धुलीको खुर्कोटमा सम्बोधन गर्दै उहाँले एमालेको विकासबाट जनता प्रभावित भएको बताउनुभयो ।


उहाँले भन्नुभयो “नेकपा एमाले सरकारमा गएका बोला दुई दिनमा गरेको काम अहिलेको गठबन्धन सरकारले एक वर्षमा समेत गर्न नसकेको जनताले अभियानको क्रममा आफूलाई बताए ।” शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधारका सवालमा एमालेले ल्याएको विकासको लहर अरूले ल्याउन नसकेको भन्दै अव छिट्टै एमाले सरकारमा गएको जनताले हेर्न चाहेको बताउनुभयो ।


सुनकोसी मरिण डाइभर्सनको आफैले शिलान्यास गरेको र अहिले द्रुत गतिले निर्माणको काम भई रहेको बताउँदै निर्माण र त्यस पछि आई पर्ने समस्याहरू पनि समाधान गरिने बताउनुभयो ।


राष्ट्र निर्माणको क्रममा सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षा लिएर अघि बढेको नेकपा एमालेले संकल्प यात्रा लिएर यस क्षेत्रका समस्याबारे बुझ्दै, जनताका माग सङ्कलन गर्दै यस क्षेत्रको विकासका लागि यो यात्रा लिएर अघि बढेको बताउनुभयो । मध्य पहाडी क्षेत्रको विकास र यस क्षेत्रका जनतालाई समृद्ध नबनाई मुलुकमा समृद्धि हासिल गर्न असम्भव भएकाले एमालेले यस क्षेत्रका सम्भावनाको पहिचान गर्न समेत संकल्प यात्रा लिएर अघि बढेको बताउनुभयो ।



 

प्रतिकृया दिनुहोस

अनेरास्ववियु फिक्कलको अध्यक्ष गणेश काफ्ले

सिन्धुली ५ फागुन ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा गणेश काफ्ले चयन हुनु भएको छ । शनिवार

अनेरास्ववियु गोलन्जोरको अध्यक्षमा नरेश चालिसे

सिन्धुली २७ माघ ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोलञ्जोरको अध्यक्षमा नरेश चालिसे चयन हुनु भएको छ । शनिवार सम्पन्न भएको प्रथम

एमालेमा जनप्रतिनिधिलाई कार्यकारी पदको उम्मेदवार बन्न नपाउने व्यवस्था

नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ  । एमाले