• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सङ्कल्प यात्राले कार्यकर्तामा उत्साह, जनतामा विश्वास बढ्यो : कटुवाल

सिन्धुली १ पुस ०८०


नेकपा एमालेको मध्यपाहाडी लोक मार्ग केन्द्रित ‘समृद्धिको लागि सङ्कल्प यात्रा’ समापन भएको छ । आइतबार १८ औ दिन पुरा गरेर पाँचथरको चिवा भन्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डोत्तोलन गरेपछि यात्रा औपचारिक रूपमा समापन भएको हो ।


मङ्सिर १४ मा बैतडीको झुला घाटबाट सुरु भएको उक्त यात्रा लगभग  २ हजार किलोमिटर मध्य पहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथर  र भारत  सिक्किमको सीमास्थित चिवा भन्ज्याङमा भएको हो ।


सङ्कल्प यात्राले कार्यकर्तामा उत्साह, जनतामा विश्वास बढाएको नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य प्रदीप कटुवालले प्रतिक्रिया दिनुभयो । सरोकार टाइम्ससंग भएको संवादमा उहाँले भन्नुभयो “ सङ्कल्प यात्राले पार्टी एकमना एकताका साथ नेतृत्वको आकर्षणसँगै जनताको साथ र कार्यकर्ताको जगमा अडिएको पार्टीका रूपमा एमाले देखाएको छ ।” मध्य पहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको उचित निर्णय भन्ने पुष्टि भएको उनको भनाइ छ । उनले जनतामा निराशा पैदा गर्ने अवस्थामा यात्राले उत्साह थपेको बताउनुभयो ।


सङ्कल्प यात्रा मुलुकको समृद्धिका लागि एमालेको मजबुत सङ्गठन निर्माण र  ‘मिसन–०८४’ कै एक महत्त्वपूर्ण पाटो भएको बताउनुभयो । मध्य पहाडी क्षेत्रको विकास र यस क्षेत्रका जनताको संवृद्धिका लागि सङ्कल्प यात्रा पछि राष्ट्रिय तहबाट विकासका लागि रणनीति तय गर्न मद्दत पुग्ने उहाँको भनाई छ । स्थानीय स्तरमा भएका समस्या, जनताका माग र आवश्यकता पहिल्याउँदै सङ्कल्प यात्रा पुरा भएको उहाँको भनाई छ ।


मध्य पहाडी लोकमार्गकेन्द्रित सङ्कल्प यात्राले मूलतः कार्यकर्तामा उत्साह जगायो भने जनतामा एमालेप्रतिको विश्वास बढायो उहाँले भन्नुभयो “ मुलुकमा अनेक खालका समस्याहरू बढिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले सङ्कल्प यात्रा गरेर जनताका बिचमा जाने प्रयत्न गरेको छ । विकासको सम्भाव्यता पहिचान गर्ने र स्थानीय बासिन्दाले भोगिरहेका समस्या सुन्दै समाधानका उपाय खोजिगर्दै प्रतिपक्षका तर्फबाट सरकारलाई खबरदारी गर्ने काम भयो ।” एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेर र रोगलाई पन्छाएर निरन्तर सयौँ–हजारौँसँग संवाद र दैनिक आयोजना हुने सभाहरूमा सक्रियतापूर्वक गुनासो सुन्ने, विचार दिने र बहस गर्ने कामले एमालेलाई थप बलियोसँगै मुलुकलाई समृद्ध बनाउने आधार एमालेसँग मात्र भएको जनताले बुझने अवसर पाएको उहाँले बताउनुभयो ।


नेकपा एमालेबाट मात्र मुलुकको समृद्धि सम्भव छ भन्ने सन्देश यो अभियानले दिन सकेको बताउँदै उहाँले भविष्य प्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको दाबी गर्नुभयो ।


 

प्रतिकृया दिनुहोस

अनेरास्ववियु फिक्कलको अध्यक्ष गणेश काफ्ले

सिन्धुली ५ फागुन ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा गणेश काफ्ले चयन हुनु भएको छ । शनिवार

अनेरास्ववियु गोलन्जोरको अध्यक्षमा नरेश चालिसे

सिन्धुली २७ माघ ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोलञ्जोरको अध्यक्षमा नरेश चालिसे चयन हुनु भएको छ । शनिवार सम्पन्न भएको प्रथम

एमालेमा जनप्रतिनिधिलाई कार्यकारी पदको उम्मेदवार बन्न नपाउने व्यवस्था

नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ  । एमाले