• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सिन्धुलीमा आयुर्वेद उपचारप्रति आकर्षित हुँदै

सिन्धुली, ४ पुस ०८०


सिन्धुलीमा पछिल्ला दिनहरूमा आयुर्वेद उपचारप्रति स्थानीयहरू आकर्षित हुँदै आएका छन् । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद सम्बन्धी जनचेतना तथा स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहितको उपचार विधि बारे जनचेतना जगाउँदा अन्य उपचार भन्दा आयुर्वेद उपचार गर्न सहज मान्ने गरेका हुन् ।


कार्यालयले आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीयहरूले घर आँगन मै उपचार पाएको र परापूर्व कालदेखि गाउँघर मै उपचार गदै आएको पद्घतीलाई सुधार गर्दै उपचार गरिने गरेको पाइएपछि स्थानीयहरू आयुर्वेद उपचार प्रति आर्कषित भएका हुन् ।


मंगलबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय स्तरका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय मानिसहरु आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएको जानकारी दिएको हो ।


कार्यालय प्रमुख डाक्टर अर्जुन उपाध्ययले आर्थिक बर्ष २०७७/७८ मा ७ हजार जनाले सेवा लिएको जानकारी दिनुभयो  आर्थिक बर्ष २०७८/७९ मा १२ हजार जनाले सेवा लिए र सो संख्या बढेर आर्थिक बर्ष २०७९/८० मा १६ हजार जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएको उहाँको भनाई छ । चालु आर्थिक बर्षमा सेवाग्राहीको संख्या बढेर २० हजार पुग्ने अनुमान रहेको छ ।


जिल्ला आयुर्वेद सेवा केन्द्र सिन्धुलीमा क्षारसुत्रद्धारा सेवा प्रदान गरिन्छ । बागमती प्रदेशका जिल्ला भरीमा २ ठाउँमा मात्रै क्षारसुत्रद्धारा सेवा प्रदान गरिने गरिन्छ । विशेषरुपमा मलाशय रोगहरु(पायल्स, फिस्टुला) को आवश्यकता अनुसार क्षारसुत्रद्धारा उपचार गरिने उहाँले जानकारी दिनुभयो ।


केन्द्रले ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन सेवा; स्तनपायी आमाहरूको लागि मातृ शिशु सुरक्षार्थ दुग्धबद्र्धक जडीबुटी जन्य औषधी वितरण; योग, वायु प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण सेवा, जीवनशैली परामर्श, योग,स्वास्थ्य जीवन कार्यक्रम साथै निन्दात्मक प्रयोगशाला, भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) र बहिरङ्ग सेवा, पञ्चकर्म, पुर्वकर्म, क्षार सूत्र सेवा, फिजियोथेरापी र अकुपन्चर जस्ता नियमित सेवा र कार्यक्रमहरू रहेको जनाइएको छ ।


 प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो ।



 

प्रतिकृया दिनुहोस

मरिण महोत्सवमा निःशुल्क आयुर्वेद सम्बन्धी परामर्श र उपचार सेवा

सिन्धुली १६ पुस ०८० चौथो मरिण महोत्सवमा दुई सय जनाले आयुर्वेद सम्बन्धी परामर्श र उपचार लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले

सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीहरूको अल्टिमेटमले सेवा प्रभावित हुने

सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूले पाउनु पर्ने पारिश्रमिक माग गर्दै अल्टिमेटम दिएका छन् । ०८० पुस १९ गते सम्म पारिश्रमिक उपलब्ध

घ्याङलेखका स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेदबारे जानकारी

घ्याङलेख गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी जानकारी गराइएको छ । बुधबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र