• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सिन्धुलीमा जिल्ला स्तरीय लोक नृत्य तथा गायन प्रतियोगिता हुने

सिन्धुली ४ पुस  ०८०


सिन्धुलीमा  जिल्ला स्तरीय लोक नृत्य  तथा गायन प्रतियोगिता २०८० सिन्धुलीले लोक स्टार सिजन १ को  आयोजना  गर्ने भएको  छ ।    बरिएर डान्स सेन्टरले सिन्धुलीमाढीमा मंगलबार  पत्रकार  सम्मेलन  मार्फत  राष्ट्रिय  लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला  कार्य समिति  सिन्धुलीको समन्वयमा जिल्ला  स्तरीय लोक नृत्य  तथा गायन प्रतियोगिता  पहिलो सिजन  संचालन   गर्ने  कार्यक्रमका संयोजक  सन्तोष नेपालीले जानकारी  दिनुभयो ।


पहिलो चरणमा सिन्धुलीको ९ वटै पालिकामा नृत्य तथा गायन प्रतियोगिता गरिने छ । प्रतियोगिता सिन्धुली जिल्ला भित्रका सामुदायिक तथा निजी विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूको लागि विद्यालयले पाठ्यक्रममा समेत समावेश गरिएको लोक नृत्य तथा लोक गायन पाठ्य सामाग्रीलाई प्रयोगात्मक सिक्नको लागि तथा बौद्धिक विकासमा सघाउ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उहाँले बताउनुभयो ।


पुस २५ गते घ्याङ्लेख गाउँपालिबाट जिल्लास्तरिय प्रतियोगिताका लागि छनोट सुरु गरिने  र जिल्लाका ९ वटै पालिकामा प्रथम चरणको प्रतियोगिताबाट प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय तथा विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने नाच तथा गायनमा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई जिल्लामा जिल्ला स्तरीय सिफारिस गरिने  संयोजक सन्तोष  नेपालीले कार्यक्रममा  बताउनुभयो ।


अन्तिम  फाइनल माघ २७ गते (सोनाम ल्होसार) को दिन हुने आयोजकले जनाएको छ । पालिकाबाट छनोट भएका ९ उत्कृष्ट नृत्य र ९ उत्कृष्ट गायन प्रतियोगीहरू बिच प्रतिस्पर्धा गराइने र प्रतियोगिताबाट एक जना नृत्य र एक जना गायन लाई सिन्धुली लोक स्टार सिजन १ को उपाधि प्रदान गरिने  छ । सिन्धुली लोक स्टार सिजन १ को पुरस्कार १ लाख रहेको छ । नृत्य तर्फ ५० हजार र गायन तर्फ ५० रहेको  छ ।

प्रतिकृया दिनुहोस

ओलीलीद्धारा शेषराजका “चुच्चे नक्सा” र “सिन्धुली दर्पण” विमोचन

सिन्धुली २६ मङ्सिर ०८० सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहालद्वारा लिखित दुई पुस्तकको मंगलबा विमोचन भएको छ । नेकपा एमालेका अध्यक्ष केपि ओलीले

अनि युवा किन खाडी नभासियोस् ?

चुनाव आउँदा ढाल बनिदिनुपर्ने हर चुनौतीमा सतिसाल बनिदिनुपर्ने तपाई महाङ्काल हामी कङ्काल बनिदिनुपर्ने ? अवसर आउँदा बेहाल बनिदिनुपर्ने ? ल कमरेड

बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

नवलपुर, १२ चैत । बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को