• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

चम्पादेवीलाई चौथो राष्ट्रपति रनिङ्गशिल्डको उपाधि

तीनपाटन गाउँपालिकामा गत शनिवारबाट सुरु भएको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि चम्पादेवी माध्यमिक विद्यालयले जितेको छ । चन्द्रावती माध्यमिक विद्यालय वेलघारीमा मङ्गलवार सम्पन्न भएको प्रतियोगिताको उपाधि चम्पादेवीले जितेको हो ।


प्रतियोगितामा चम्पादेवी माध्यमिक विद्यालय गडाम्रेले ६ स्वर्ण, ४ रजत, १० पदक सहित प्रथम, माध्यमिक विद्यालय लाम्पान बतासे ६ स्वर्ण, २ कांस्य गरी ८ पदक सहित दोस्रो तथा भवानी माध्यमिक विद्यालय भिमस्थान ४ स्वर्ण २ रजत, ६ कांस्य १२ पदक सहित तेस्रो भएको छ । प्रथम हुने लाई २० हजार नगद, दोस्रो हुनेलाई १५ हजार नगद र तेस्रो हुनेलाई १० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्र वितरण गरिएको आयोजकले जनाएको छ ।


विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य टेक बहादुर बलको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं. १ का सङ्घीय सांसद श्यामकुमार घिमिरेको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज काफ्ले, सिन्धुली जिल्ला समन्वय समिति सदस्य दान बहादुर तामाङ, तीनपाटन गाउँपालिका वडा नं १ का वडाध्यक्ष गोविन्द बहादुर राउत, २ का वडाध्यक्ष मुकुन्द प्रसाद पौडेल, ३ का वडाध्यक्ष लाल बहादुर स्याइतान लगायत जनप्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले व्यवस्थित खेल मैदान नहुँदा खेल सञ्चालनमा समस्या भएको तथा आर्थिक कठिनाइ भएको गुनासो राखेका थिए ।


खेलमा एथलेटिक्स तर्फ १३ वटा ९ दौड, हाई जम्प, लम्जम्प, सट फुट लगायत० १ कर्वडी र १ भलिबल गरी छात्रले  १५ विधा छात्राले १५ विधामा प्रतिस्पर्धा गराइएको थियो ।


गाउँपालिकाको आयोजना तथा चन्द्रावति माध्यमिक विद्यालय बेलघारीको सह–आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका २१ सामुदायिक र १ संस्थागत तरी २२ वटा विद्यालयका छात्र–छात्राहरू सहभागी भएका थिए ।  

 

प्रतिकृया दिनुहोस

कमलामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुली ९ माघ २०८० कमलामाई नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका मङ्गलवारबाट सुरु भएको छ । कमलामाई नगर खेलकुद विकास

तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि सिन्धुलीलाई

सिन्धुली २१ कार्त्तिक ०८० तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल

राष्ट्रिय माझी गोल्ड कप जारी : सिन्धुली, ओखलढुङ्गा र सुनसरी सेमिफाइनलमा

सिन्धुली १८ कार्त्तिक ०८० सिन्धुलीमा जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा शनिवार क्वाटर फाइनलका तीन खेल सम्पन्न भएका छन् । नेपाल माझी