• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

भूकम्पले ग्रस्त जाजरकोटमा रिलिफले बनायो टीएलसी भवन

सिन्धुली १२ पुस ०८०
भूकम्पले ग्रस्त जाजरकोटको भेरी नगरपालिका ४ मा रिलिफ नेपाल सिन्धुलीले विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र निर्माणका लागि टीएलसी भवन निर्माण गरेको छ । अल ह्याण्ड्स एण्ड हार्र्टसको सहयोगमा तीन वटा टीएलसी भवन निर्माण गरिएको हो ।


जाजरकोटको भेरी नगरपालिका ४ मा रहेको भेरी प्राथमिक विद्यालयका लागि तीन वटा टीएलसी भवन निर्माण गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले सरोकार टाइम्सलाई जानकारी दिनुभयो ।  अल ह्याण्ड्स एण्ड हार्र्टस र रिलिफ नेपाले बालबालिकाको पठन पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले  विद्यालयका लागि टीएलसी निर्माण गरिदिएका उहाँले जानकारी दिनुभयो ।


टीएलसी निर्माण सम्पन्न गरेपछि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । एक कार्यक्रमका बिच बुधबार भेरी नगरपालिकाका मेयर सिपी घर्तीले रिबन काटी सो टीएलसी हस्तान्तरण गर्नु भएको हो । मेयर सिपी घर्तीले रिलिफ नेपालले विद्यालयमा भनाएको टिएलसि भवन निर्माण गरि सहयोग गरेकोमा धन्यवाद दिनुभयो । भूकम्पका कारण विद्यालयमा पुगेको क्षतिका कारण विद्यार्थीको पठन पाठनमा समस्या सिर्जना भएकोमा रिलिफ नेपालको पवित्र कार्यले विद्यार्थीले टिएलसि भवन मार्फत पढ्न पाउने बताउनुभयो ।


भेरी नगरपालिका १३ कुदुस्थित भगवती माध्यमिक विद्यालयमा छ कोठाका २ टीएलसी बनाउने योजनामा अल ह्याण्ड्स एण्ड हार्र्टस र रिलिफ नेपालको रहेका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।


अल ह्याण्ड्स एण्ड हार्र्टस र रिलिफ नेपालका स्वयंसेवक टोलीले भूकम्पले ग्रस्त विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र निर्माणका टीएलसी भवन निर्माण गरेको उहाँको भनाई छ । भवन निर्माण पछि शिक्षण सिकाइका लागि छ वटा कक्षा कोठा निर्माण भएको छ ।
ह्याण्ड्स एण्ड हार्र्टस र रिलिफ नेपालले भूकम्प पछि २११ परिवारलाई राहत सहयोग समेत गरिएको थियो ।


 

प्रतिकृया दिनुहोस

सिन्धुलीका दुई विद्यालयलाई राष्ट्रिय पुरस्कार

सिन्धुली, ३ असोज ०८० सिन्धुलीका दुई वटा सामुदायिक विद्यालय पुरस्कृत भएका छन् । बि.सं.२०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको

कम्प्युटर एशोसिएशनको सहयोगपछि कला घरमा सिसी क्यामरा जडान

सिन्धुली, ३० भदौ ०८० कमलामाई नगरपालिका ३ चपौलिमा रहेको सिन्धुली कला घरमा शनिवार सिसी क्यामेरा जडान गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ,

वडामा बालमैत्री सिकाइ केन्द्र स्थापना

 सिन्धुली २२ भदौ ०८० तिनपाटन गाउँपालिका ५ मा शुक्रबार बालमैत्री सिकाइ केन्द्र स्थापना गरिएको छ । वडालाई बालमैत्री वडा घोषणाको तयारी भई रहेका वेला