• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

जनताको सेवा गर्न शिक्षा हैन, इच्छा चाहिन्छ

झट्ट हेर्दा साधारण पोसाक, अनुहारमा केही चाउरी पन देखिने जगतवहादुर भोलन उमेरले ७ दशक पार गरी सकेका छन् । जोस जाँगर हेर्दा उनी भर्खर ४०/४५ वर्षको जस्तो देखिन्छ । अहिले सम्म करिव एक दर्जन जति विभिन्न निर्वाचनहरूमा प्रतिस्पर्धा गरी सके तर उनको रेकर्डमा पराजय  भन्ने शब्दले अहिले सम्म प्रवेश गर्न पाएको छैन । औपचारिक शिक्षा त्यो पनि व्यक्तिको घरमा एक वर्षको अध्ययन गरेको भोलनमा राजनीतिक ज्ञान र चेतना भने धेरै ठुला राजनीतिज्ञको भन्दा कम छैन । उनले  एक वर्ष तत्कालीन भद्रकाली गाउविकास समितिका सन्त बहादुर श्रेष्ठको घरमा आएर एक वर्ष अध्ययन गरे वा साउ अक्षर चिने त्यसपछि उनले औपचारिक शिक्षा लिन पाएनन् । गाउँमा स्कुल थिएन, बाहिर जाने प्रचलन थिएनन् ।

राजनीतिक यात्रा


उनी पहिलो पटक तत्कालीन पञ्चायत कालमा २०३७ सालमा उपप्रधानपञ्चको निर्वाचनमा उम्मेदवार बनेर त्यसमा उनी तत्कालीन बस्तीपुर अमले गाविसबाट उपप्रधानपञ्च बने । त्यसपछि उनी २०४२ सालमा प्रधानपञ्चको उम्मेदवार बन्दै त्यसमा पनि विजयी हात पारे । उनी प्रधानपञ्च हुँदै बहुदल आएपछि उनी कता कुन पाटीमा लाग्ने भन्ने अन्यौलता परे र उनी सिन्धुली जिल्लाका नेतृ भद्रा घलेलाई भेट्न काठमाडौँ पुगे नेतृ घलेले उनलाई अन्य पाटीमा नलागी काँग्रेसमा लाग्ने सल्लाह दिए बमोजिम उनी काँग्रेस पार्टीको सदस्यता लिन पुगे । त्यसपछि उनी निरन्तर काँग्रेस पाटी सक्रिय रूपमा लागे उनीले पाटीको तर्फबाट इलाका सदस्य र पार्टी उपसभापतिमा निर्वाचन लडे दुवैमा उनी अत्यधिक मतका साथ विजयी भए । बहुदल आएपछि भोलन तत्कालीन व्यवस्था अनुसार बनेको बस्तीपुर अमले गाविसमा अध्यक्ष पदको उम्मेदवार बने त्यसमा पनि उनी विजयी भए ।  त्यसपछिको लामो समयको सङ्कटकालको अवस्थामा उनी एक वर्ष इलाका सदस्यको रूपमा समेत काम गर्न भ्याए ।


गणतन्त्र पछिको पहिलो पटक भएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी घ्याङलेख गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बने त्यसमा उनले अत्यधिक मतका साथ विजयी प्राप्त गरे । त्यसपछि २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि उनी नेपाली काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवारको रूपमा निर्वाचनमा होमिए, यस निर्वाचनमा भने उनलाई निकै कठिन परिस्थिति सृजना गरिदियो । कठिन परिस्थितिको बाबजुद पनि उनी निर्वाचनमा विजयी भए ।


भोलनको पारिवारिक अवस्था


विक्रम सम्वत २०१० साल असोज २३ गते आमा छोडीमाया भोलन र बुबा हत्तीराम भोलनको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिएका भोलन सानै देखि पारिवारिक सुख नमिले पनि अभावको जीवन भने भोग्नु परेन । सम्पन्न परिवारमा जन्मिए पनि पारिवारीक सुख भने उनले खासै अनुभूति गर्न पाएनन् सानै उमेरमा बाबु गुमाएका भोलन बाबु गुमाएसँगै आमाले दोस्रो विवाह गरेपछि अभिभावक विहीन अवस्थामा पुगे । आमा बाबु दुवै नभएपछि हजुरआमा र हजुरबाको संरक्षकत्वमा हुर्किएका भोलन हजुरबाको सामाजिक काम देखेर राजनीति मार्फत जनताको सेवा गर्नु पर्ने रहेछ भन्ने प्रेरणा पाएका भोलन त्यसपछि राजनीतिमा होमिए ।


बाबु आमाबाट जन्मिएका दाजु,भाइ, बहिनीहरू अरू हजुरबा र हजुरआमाको संरक्षणमा हुर्किएका जगातबहादुर १४ वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिए । विवाह बन्धनमा बाँधिएका भोलन १८ वर्षको हुँदा उनले पहिलो सन्तान प्राप्त गरे । उनका ४ वटा छोरा र ४ वटी छोरीको पिता भोलनको भौतिक सुखको कमी नभए पनि मानसिक रूपमा उनलाई निकै ठुलो समस्या पैदा भए ।

 

जीवनका कठिनाइहरू


सानै उमेरमा अभिभावक गुमाएका जगबहादुरलाई आमा बाबु गमाएको भन्दा ठुलो मानसिक पिडा तत्कालीन अवस्थामा सशस्त्रद्धन्द्धको सुरुवात गरेको माओवादीको कारण थाक थलो छोडेर विस्थापित हुँदा प¥यो । उनले फरक विचार राखेकै कारण २०५४ साल देखि २०६१ साल सम्म घरबार छोडेर विस्थापित जीवन बिताउनु प¥यो । तत्कालीन विद्रोही माओवादीले ज्यान मार्ने धम्की दिँदै बारम्बार मानसिक यातना दिएपछि उनी वासस्थान छोडेर काठमाडौँ तिर लागे । करिब ७ वर्ष काठमाडौँ र जिल्ला सदरमुकाममा आश्रय लिएर जीवन बिताएका जगबहादुर २०६१ साल पछि माओवादी शान्ति प्रक्रियामा आएपछि गाउँ फर्किए । विस्थापित जीवन विताएपनि उनले जीवन जिउनको लागी निकै सङ्घर्ष गरे । उनले जग्गाको कारोबार देखि विभिन्न व्यावसायहरु गरे ।


भोलनलाई पहिलाकै व्यवस्था मन पर्छ


देशका चार वटा राजनीतिक परिवर्तनहरूलाई आत्मासाथ गर्दै नेतृत्व गरेका भोलनलाई पञ्चायत र त्यस पछि बहुदल नै मन पर्छ । अहिलेको व्यवस्था भन्दा पनि व्यवस्थापन पक्ष कमजोर भएका कारण राजनीतिलाई सेवा बनाएहरुलाई नागरिकले गाली गलोज गर्ने गरेको भोलन बताउँछन् ।


पहिले जनतालाई सेवा दिने वा सेवा गर्ने व्यवस्था थियो पछि गणतन्त्र आएपछि सेवा दिने भन्दा पनि नेताले सेवा लिने व्यवस्थाको सुरुवात भएको छ । जसले गर्दा जनतामा निराशा पैदा गरेको छ ।


पहिला नेताहरूले कुनै पनि सेवा सुविधा लिदैन थिए । भत्ता, टिएडिए, गाडी घोडा, केही चाहिँदैन थियो । अहिले राजनीतिक गर्नेहरूलाई खाएको सुतेको देखि गाडी घोडाको मात्र सेवा नभएर अन्य खर्चको समेत भुक्तानी गर्नु पर्ने बाध्यताले नागरिकहरूले राजनीतिक दल र नेताहरूलाई गाली गलोज गर्न थालेको भोलनको बुझाई छ । यदि राजनीतिलाई सुधार गर्ने हो भने जनप्रतिनिधीहरुले तबल भत्ता पाउने व्यवस्थाको अन्त्य हुनु पर्ने उनको बुझाई छ ।


अहिलेको व्यवस्था अनुसार प्रदेश सरकारको बैठकमा जाँदा २ सय भन्दा बढी गाडी हुन्छन् । त्यसमा पनि बैठकमा जानेलाई भत्ता आउँछ जनताले के पाएत ? बहुदल सम्म ठिकै थियो गाविस अध्यक्षले भत्ता सत्ता पाउँदैन थिए, जनताको सेवा गर्नु पर्छ भन्ने थियो । गणतन्त्र र सङ्घीयता आएपछि जनताले केही पाएनन् नेतालाई माजमस्ती गर्न पाएका छन् ।


भोलनको आँखामा अहिलेको राजनीतिक समस्या


अहिले दलगत स्टिम भएकाले विपक्षी दल वा पार्टीले गरेका राम्रा कामको पनि समर्थन गर्न नसक्ने,अगाडी बढ्न नदिने परिपाटीले राजनीतिक दल र नेताहरूको सोचाई र कार्यकर्ताको मानसिकता पनि साधुरो हुँदै गएको छ । अहिलेको नेताहरू राजनीतिक आस्थाको भरमा जनतलाई पक्षपात गरी रहेका छन्,यसले समाजमा अमनचैन र शान्ति सुरक्षा कायम हुन कठिन हुनुका साथै जनतामा मनमोटाव बढेको छ । जनता पनि सेवाको दृष्टिकोणले भन्दा पनि राजनीतिक आस्थाको भरमा नेता मान्न बाध्य छन् । अरू क्षेत्र भन्दा पनि कर्मचारी शिक्षकहरू समेत राजनीतिक आस्थाको भरमा विभाजन भएका कारण अहिलेको व्यवस्था सङ्कट तर्फ उन्मुख भएको हो ।


गाविस हुँदा जनताको घरमा जाने समस्या बुझ्ने उनीहरुले नै खाना खुवाउँथे बस्न दिन्थे । अहिले त्यसको ठिक विपरीत मतियारहरूले राजनीतिलाई चलाएका छन्। नेताको खान पाए हुन्थ्यो भन्नेमा जनता पुगेका छन् । यसका कारण भनेको नेताहरूले तलब भत्ता लिने र भ्रष्टाचार गर्ने  गरेका कारण नै हो । पहिला नेताको जनप्रतिनिधिको जयजयकार गर्थे अहिले सराप्छन् भोलन भन्छन् । अहिलेको व्यवस्थामा सुधार गर्नको लागी नेताले तलब भत्ता लिन छोड्ने र शिक्षक कर्मचारीलाई राजनीतिक दलमा आबद्ध गर्न छोड्नु पर्ने भोलनको निष्कर्ष छ ।  


नेताले पाएको गाडी र भत्ता कटौती गर्नु पर्छ अनि मात्र देशको विकास हुन्छ, नेताहरू हरेक कुरामा कमिसनको पछि लागे विकासमा बाधा पुग्ने भोलनको बुझाई छ । यो व्यवस्थामा नेताको विकास भयो जनताको विकास हुन सकेन  ।


शिक्षामा नै विभेद छ


अहिलेको व्यवस्थामा जनता र नेता तथा विशिष्ट कर्मचारीका छोरा छोरीले पठ्ने शिक्षामा नै विभेद भएको भोलन बताउँछन् । जनताको छोरा छोरीले पढ्ने सामुदायिक विद्यालय वा सरकारी स्कुलहरूमा नेता तथा कर्मचारीहरूका छोरा छोरी नपठाउने गरेका कारण पनि जनता र नेता बिचको दुरी बढ्दै गएको भोलनको बुझाई छ ।


पठाईसँगै नेतालाई उपचार गर्ने अस्पताल र जनतालाई उपचार गर्ने अस्पतालमा समेत विभेद छ , यो व्यवस्थाको विकृति हो । नेतालाई सामान्य उपचारको लागी पनि विदेशका अस्पताल जानु पर्ने, जनता सिटामोल सम्म खान पाउने अवस्थामा छैनन् अनि कसरी देश संवृद्धि हुन्छ, भोलन प्रश्न गर्छन् ।


 


 

प्रतिकृया दिनुहोस

अनेरास्ववियु फिक्कलको अध्यक्ष गणेश काफ्ले

सिन्धुली ५ फागुन ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा गणेश काफ्ले चयन हुनु भएको छ । शनिवार

अनेरास्ववियु गोलन्जोरको अध्यक्षमा नरेश चालिसे

सिन्धुली २७ माघ ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोलञ्जोरको अध्यक्षमा नरेश चालिसे चयन हुनु भएको छ । शनिवार सम्पन्न भएको प्रथम

एमालेमा जनप्रतिनिधिलाई कार्यकारी पदको उम्मेदवार बन्न नपाउने व्यवस्था

नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ  । एमाले