• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

अवैध क्रसर बन्द गर्न परेको रिटमा नेकपा एमाले सुनकोसीको ऐक्यबद्धता

सिन्धुली १८ पुस ०८०


नेकपा (एमाले) सुनकोसी गाउँपालिका कमिटीले गाउँपालिका भित्र सञ्चालनमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर,बालुवा वासिङ एवं उत्खनन कार्य रोक्न माग गरेको छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अवैध रूपमा सञ्चालनमा रहेका क्रसर,बालुवा वासिङ एवं उत्खनन कार्यले वातावरणीय एवं पर्यावरणीय असर परेकाले सञ्चालनमा रोक्न माग गरेको छ ।


गाउँकमिटि अध्यक्ष .रोमनराज गिरिद्वारा जारी गरिएको विज्ञप्तिमा अवैध क्रसर,बालुवा वासिङ एवं उत्खनन र यसले सिङ्गो सुनकोसी गाउँपालिकामा परेको वातावरणीय एवं पर्यावरणीय असरको विरुद्धमा उच्च अदालत पाटनमा मिति २०८० पौष ६ गते दायर गरिएको रिट र सम्मानित अदालतले २०८० पौष २० गतेको लागि तोकेको पेशी सम्बन्धमा नेकपा (एमाले) सुनकोसी गाउँपालिका कमिटी पूर्ण समर्थन एवं ऐक्यबद्धता जाहेर गर्दछ उल्लेख गरिएको छ ।


सम्मानित अदालत कुनै पनि सर्तमा, प्रलोभनमा कहिकतै बाट नपरी सुनकोसी बासीको हितमा निर्णय आउने कुराको विश्वास पनि व्यक्त गर्दै समग्र सुनकोसी बासीको अहितमा कुनै सर्तहरू मान्य नहुने र कुनै सर्त वा अधीनमा कुनैपनी सम्झौता नगर्न सम्पूर्ण सुनकोसी निवासी जनसमुदाय समक्ष आग्रह अनुरोध गरेको छ ।


गाउँपालिकाको जनहित विरोधी, गलत कामहरूको सशक्त ढङ्गले प्रतिरोध गर्न समस्त सुनकोसी बासीहरूमा नेकपा (एमाले) सुनकोसी गाउँपालिकाले अपिल  गरेको छ ।


 

प्रतिकृया दिनुहोस

अनेरास्ववियु फिक्कलको अध्यक्ष गणेश काफ्ले

सिन्धुली ५ फागुन ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा गणेश काफ्ले चयन हुनु भएको छ । शनिवार

अनेरास्ववियु गोलन्जोरको अध्यक्षमा नरेश चालिसे

सिन्धुली २७ माघ ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोलञ्जोरको अध्यक्षमा नरेश चालिसे चयन हुनु भएको छ । शनिवार सम्पन्न भएको प्रथम

एमालेमा जनप्रतिनिधिलाई कार्यकारी पदको उम्मेदवार बन्न नपाउने व्यवस्था

नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ  । एमाले