• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

निजामती कर्मचारी सङ्गठन सिन्धुलीले मनायो स्थापना दिवस

सिन्धुली ७ बैशाख ०८१


नेपाल निजामती कर्मचारी सङ्गठन सिन्धुलीले आफ्नो स्थापना दिवस मनाएको छ । संगठनले शुक्रबार क्यालेन्डर विमोचन गर्दै स्थापना दिवस मनाएको हो ।


नेपाल निजामती कर्मचारी सङ्गठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता एवं नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा क्यालेन्डर विमोचन गरिएको हो ।


निजामती कर्मचारी सङ्गठन सिन्धुलीले प्रकाशन गरेको विं.सं. २०८१सालको क्यालेन्डरको विमोचन गर्दै प्रमुख अतिथि दाहालले हरेक बैशाख ७ गते संगठनले आफ्नो स्थापना दिवस मनाउँदै आएको बताउनुभयो । लामो इतिहास भएको नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीको देशका हरेक परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै जनताले अनुभूत हुने गरी सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल निजामती कर्मचारी सङ्गठन बागमती प्रदेशका उपाध्यक्ष युवराज थापाले प्रदेश स्तरीय पाँचौँ विस्तारित बैठक रामेछापमा २०८० चैत १७ र १८ गते भएको प्रदेश स्तरीय विस्तारित बैठकबाट सङ्गठनले नेपाल निजामती सेवा ऐन र नियमावली सम्बन्धी अन्तिम पटक सल्ला सुझाव पेस गरिसकेकाले चाडै निजामती सेवा चाडै आउनु पर्ने बताउनुभयो । सेवा ऐन आएपछि कर्मचारीको बृद्धिविकास रोकिएको, कर्मचारीको हक अधिकार कुण्ठित भएकाले ऐन तत्काल आउनु पर्ने बताउनुभयो ।
 


स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान गरिएको थियो । कार्यक्रममा निजामती कर्मचारी सङ्गठन सिन्धुलीका उपाध्यक्ष प्रभुनाथ प्याकुरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

ब्याक टु लाइफको सहयोगमा गोलञ्जोर अस्पताल भवन निर्माण सुरु

 सिन्धुली २१  वैशाख गोलञ्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । बैशाख २१ गते गोलञ्जोर गाउँपालिकाको ग्वालटार हेल्थ पोस्ट परिसरमा

बनमा लागेको डढेलोले चपौलीमा एक घर र खानेपानीको पाइप जलेर नष्ट

सिन्धुली २० बैशाख ०८१ कमलामाई नगरपालिका ३ चपौलीमा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको छ । साथै दुई वटा खानेपानी योजनाको पाइप जलेर नष्ट भएको छ

लेखा समूहद्वारा बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

सिन्धुली १६ बैशाख ०८१ लेखा दिवसको अवसरमा लेखा समूह सिन्धुलीले आइतबार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । समूहले कमलामाई नगरपालिका ६