• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

लेखा समूह सिन्धुलीद्धारा भित्ते पात्रो विमोचन

सिन्धुली ७ वैशाख ०८१


लेखा समूह सिन्धुलीले शुक्रवार एक कार्यक्रमका बिच भित्ते पात्रो विमोचन गरेको छ । लेखा समूहले प्रकाशन गरेको भित्ते पात्रोको प्रमुख जिल्ला अधिकारी भरत खनालले विमोचन गुर्न भएको हो ।


लेखा समूह सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।


भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत खनाल, कोष तथा लेखा नियन्त्रक टंकनाथ काफ्ले लगायतले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।


लेखा समूह सिन्धुलीका उपाध्यक्ष राजन काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लेखा समूहमा आबद्ध कर्मचारीहरूको उपस्थिति रहेको थियो । लेखा समूह सिन्धुलीले कार्यक्रममा उपस्थितहरूलाई भित्तेपात्रो समेत वितरण गरेको थियो ।  समुहका सदस्य जयप्रकाश चालिसेलेकार्यक्रमको संचालन गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

ब्याक टु लाइफको सहयोगमा गोलञ्जोर अस्पताल भवन निर्माण सुरु

 सिन्धुली २१  वैशाख गोलञ्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । बैशाख २१ गते गोलञ्जोर गाउँपालिकाको ग्वालटार हेल्थ पोस्ट परिसरमा

बनमा लागेको डढेलोले चपौलीमा एक घर र खानेपानीको पाइप जलेर नष्ट

सिन्धुली २० बैशाख ०८१ कमलामाई नगरपालिका ३ चपौलीमा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको छ । साथै दुई वटा खानेपानी योजनाको पाइप जलेर नष्ट भएको छ

लेखा समूहद्वारा बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

सिन्धुली १६ बैशाख ०८१ लेखा दिवसको अवसरमा लेखा समूह सिन्धुलीले आइतबार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । समूहले कमलामाई नगरपालिका ६