• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

प्रख्यात गजलकार पङ्गेनीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सभा

सिन्धुली ८ बैशाख ०८१


चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’को निधनप्रति दुःख व्यक्त गर्दै बुढ्यौली साहित्य समाज सिन्धुलीले शनिवार शोक सभा गरेको छ । छन्द दिवसको अवसरमा चर्चित गजल तथा गीतका लेखक पङ्गेनीको तस्बिरमा माल्यार्पण गर्दै शोक सभा गरेको हो ।


कार्यक्रममा बुढ्यौली साहित्य समाज सिन्धुलीका अध्यक्ष शम्भुप्रसाद गजुरेल,  बुढ्यौली साहित्य समाज सिन्धुलीका सचिब  धनमाया राई, उमानाथ शास्त्रि सिन्धुलिय साहित्य प्रतिष्ठान सिन्धुलीका अध्यक्ष तुलसी ढकाल, प्रलेश सिन्धुलीका उपाध्यक्ष धनमाया राई, बुढ्यौली साहित्य समाज सिन्धुलीका सह–सचिव अस्मिता दाहाल सल्लाहकार खडानन्द तिमलसिना, गौरीशङ्कर मिथिला वाङमय प्रतिष्ठानका सदस्य शारदाप्रसाद पहाडी, साहित्यकार लोकेन्द्र डहरे, दीपक श्रेष्ठ, मानव कल्याण सेवा समाज सिन्धुलीका अध्यक्ष गोविन्द गोदार थापा लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सहभागी स्रष्टाहरूले शृङ्गारिक र प्रेम प्रणय गजलका धरोहर प्रकट पंगिनिले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।


साहित्यकार प्रकट पंगेनी ‘शिव’को मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ७० वर्षको उमेरमा मङ्गलवार दिउँसो निधन भएको थियो । निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका भई भेन्टिलेटरमा उपचार गराइराखेकोमा मङ्गलवार दिउँसो निधन भएको हो ।


पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् ।


धेरै गीत लेखेका प्रकटलाई धेरैले भने गजलकारका रूपमा चिन्छन् । त्यसमा पनि शृङ्गारिक गजल बढी लेख्ने भएकाले उहाँलाई ‘प्रणय गजलकार’ पनि भन्ने गर्छन् ।

 

प्रतिकृया दिनुहोस

कविता : सपनाको शहर

आमा, हराएछु म यो सपनाको सहरमा साच्चै  हराए आफन्तलाई  खुसी बनाउने रहरमा केही समय पर्खन तिम्रो फाटेको फरिया चोली फेरिदिने मन छ तिम्रो पसिनाले

सिन्धुलीमा जिल्ला स्तरीय लोक नृत्य तथा गायन प्रतियोगिता हुने

सिन्धुली ४ पुस  ०८० सिन्धुलीमा  जिल्ला स्तरीय लोक नृत्य  तथा गायन प्रतियोगिता २०८० सिन्धुलीले लोक स्टार सिजन १ को  आयोजना  गर्ने भएको  छ

ओलीलीद्धारा शेषराजका “चुच्चे नक्सा” र “सिन्धुली दर्पण” विमोचन

सिन्धुली २६ मङ्सिर ०८० सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहालद्वारा लिखित दुई पुस्तकको मंगलबा विमोचन भएको छ । नेकपा एमालेका अध्यक्ष केपि ओलीले