• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

प्रख्यात गजलकार पङ्गेनीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सभा

सिन्धुली ८ बैशाख ०८१


चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’को निधनप्रति दुःख व्यक्त गर्दै बुढ्यौली साहित्य समाज सिन्धुलीले शनिवार शोक सभा गरेको छ । छन्द दिवसको अवसरमा चर्चित गजल तथा गीतका लेखक पङ्गेनीको तस्बिरमा माल्यार्पण गर्दै शोक सभा गरेको हो ।


कार्यक्रममा बुढ्यौली साहित्य समाज सिन्धुलीका अध्यक्ष शम्भुप्रसाद गजुरेल,  बुढ्यौली साहित्य समाज सिन्धुलीका सचिब  धनमाया राई, उमानाथ शास्त्रि सिन्धुलिय साहित्य प्रतिष्ठान सिन्धुलीका अध्यक्ष तुलसी ढकाल, प्रलेश सिन्धुलीका उपाध्यक्ष धनमाया राई, बुढ्यौली साहित्य समाज सिन्धुलीका सह–सचिव अस्मिता दाहाल सल्लाहकार खडानन्द तिमलसिना, गौरीशङ्कर मिथिला वाङमय प्रतिष्ठानका सदस्य शारदाप्रसाद पहाडी, साहित्यकार लोकेन्द्र डहरे, दीपक श्रेष्ठ, मानव कल्याण सेवा समाज सिन्धुलीका अध्यक्ष गोविन्द गोदार थापा लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सहभागी स्रष्टाहरूले शृङ्गारिक र प्रेम प्रणय गजलका धरोहर प्रकट पंगिनिले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।


साहित्यकार प्रकट पंगेनी ‘शिव’को मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ७० वर्षको उमेरमा मङ्गलवार दिउँसो निधन भएको थियो । निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका भई भेन्टिलेटरमा उपचार गराइराखेकोमा मङ्गलवार दिउँसो निधन भएको हो ।


पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् ।


धेरै गीत लेखेका प्रकटलाई धेरैले भने गजलकारका रूपमा चिन्छन् । त्यसमा पनि शृङ्गारिक गजल बढी लेख्ने भएकाले उहाँलाई ‘प्रणय गजलकार’ पनि भन्ने गर्छन् ।

 

प्रतिकृया दिनुहोस

काँग्रेस सभापति देउवाद्वारा श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ सार्वजनिक

 काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण

किशोरीहरुकालागि कला कार्यशालामा समृद्धि पहिलो

सिन्धुली १४ पुस ०८१   सिन्धुलीमा शनिवार एक दिने किशोरीहरुकालागि कला कार्यशाला सम्पन्न भएको छ । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज

आज कुशे औँसी

आज त . .. ... बाको मुख हेर्ने दिन रे ? हा ..हा.. हा ... कुसे औँसी औँसी पो भन्थे गाँठे कसो झन्डै बिर्से छु मेरा बा म सानो हुँदा मेरा सारा इच्छा थाहा पाउँथे मैले आज