भोटेकोशी बाढीपीडितका लागि नरेन्द्र विश्वकमाकाले गरे १ लाख १ हजार १११ रुपैंया सहयोग
सिन्धुली २२ भदौ ०८३
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीका सुनचाँदी व्यवसायी नरेन्द्र विश्वकर्माले १ लाख १ हजार १११ रुपैंया सहयोग गर्नुभएको छ ।
भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नदी किनारका क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ । बाढीका कारण कतिपय परिवार विस्थापित भएका छन् भने प्रभावित क्षेत्रमा राहत तथा उद्धारको आवश्यकता अझै रहेको छ ।
यही विपद्मा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नरेन्द्र सुनचाँदी पसलका सञ्चालक विश्वकर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ जम्मा गर्नुभएको हो ।
कोषमा रकम जम्मा गरेपछि प्राप्त भौचर विश्वकर्माले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।
विश्वकर्माले विपद्को समयमा प्रभावित नागरिकको पीडामा आफ्नो तर्फबाट सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको बताउनुभयो ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पछिल्लो समय सिन्धुलीबाट विभिन्न व्यक्ति, व्यवसायी, संघसंस्था, विद्यालय तथा सामाजिक समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने क्रम जारी छ ।
तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा
सिन्धुली २२ भदौ ०८३ सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि
भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रसेवक सहकारीको सहयोग
सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
रसुवा बाढीपहिरोका घाइतेका लागि रगत अभाव हुन नदिन सिन्धुलीमा खुला रक्तदान
सिन्धुली १९ भदौ ०८२ रसुवा जिल्लामा आएको बाढी पहिरोबाट घाइते भएकाहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीले





प्रतिकृया दिनुहोस