भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रसेवक सहकारीको सहयोग
सिन्धुली २२ भदौ ०८३
रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिन्धुलीले ३० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
२०८३ भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहकारीले प्रभावित नागरिक तथा परिवारजनप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ ।
सहकारी संस्थाले ‘सहकारी भनेकै सहकार्य हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै विपद्को समयमा राहत तथा सहयोग गर्ने निर्णय गरेको सहकारीका अध्यक्ष तिलकबहादुर कार्कीले बताउनुभयो । संस्थाको २०८३ भदौ १८ गते बसेको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट ३० हजार ५५५ रुपैयाँ सहयोग रकम जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेपछि प्राप्त भौचर सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
सहकारीका अध्यक्ष कार्कीले बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको शीघ्र उद्धार, राहत तथा पुनः स्थापनाको कामना गर्दै विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
सहकारीले विपद्बाट प्रभावित नागरिकको दुःखमा साथ दिनु सामाजिक उत्तरदायित्वसमेत भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको जनाएको छ ।
तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा
सिन्धुली २२ भदौ ०८३ सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि
भोटेकोशी बाढीपीडितका लागि नरेन्द्र विश्वकमाकाले गरे १ लाख १ हजार १११ रुपैंया सहयोग
सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीका सुनचाँदी व्यवसायी नरेन्द्र
रसुवा बाढीपहिरोका घाइतेका लागि रगत अभाव हुन नदिन सिन्धुलीमा खुला रक्तदान
सिन्धुली १९ भदौ ०८२ रसुवा जिल्लामा आएको बाढी पहिरोबाट घाइते भएकाहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीले





प्रतिकृया दिनुहोस