• आइतबार ५-२८-२०८३/Sunday 09-13-2026

कम्युनिस्ट आन्दोलनको ऐतिहासिक यात्रा र समकालीन सन्दर्भ

संसार सधैँ परिवर्तनशील छ। नयाँ सोच र सिर्जनाले मानव सभ्यतालाई नयाँ दिशामा डो¥याउँदै ल्याएको छ। वर्गीय समाजको विकाससँगै सुरु भएको शोषण र अन्यायको विरुद्धमा सशक्त आवाज उठाउने मध्येको एक अद्वितीय नाम हो—कार्ल मार्क्स। उहाँले पुँजीवादको चरित्र, संरचना र त्यसले गर्ने श्रमिक शोषणको वैज्ञानिक विश्लेषण गर्दै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको दर्शन विकास गर्नुभयो।

मार्क्सको विचार केवल दर्शनमा सीमित रहेन, यो क्रान्तिको हतियार बन्यो। सन् १८४८ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्रले विश्वभर श्रमिक वर्गको चेतना र आन्दोलनको आधार तयार गर्‍यो। यद्यपि सैद्धान्तिक रूपमा उत्कृष्ट लागे पनि, व्यावहारिक क्रान्तिमा तत्काल सफलता आउन सकेन। १८७३ को फ्रान्सको क्रान्ति ७३ दिनमै असफल भयो। मार्क्सको भनाइअनुसार पुँजीवाद जब चरम विकासमा पुग्छ, तब मात्र समाजवादी क्रान्ति सम्भव हुन्छ।

मार्क्सको निधनपछि फ्रेडरिक एङ्गेल्सले उहाँको विचारको संरक्षण र व्याख्या गर्दै सम्पूर्ण आन्दोलनलाई अगाडि बढाउनुभयो। त्यसपछि रुसमा लेनिनको नेतृत्वमा १९१७ मा सफल क्रान्ति भयो र सोभियत सङ्घको स्थापना गरियो। लेनिनपछि स्तालिनको नेतृत्वमा समाजवादले तीव्र गति लियो, यद्यपि कठोर शासकीय शैलीका कारण पार्टीभित्र असन्तोष पनि देखिन थाल्यो।

दोस्रो विश्वयुद्धका बिचमा जर्मनीका हिटलरले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने प्रयास गरे, तर उनी असफल भए र आत्महत्या गरे। समाजवादले वैज्ञानिक, प्रविधि र सैन्य क्षेत्रमा ठुलो फड्को मारेको थियो। सोभियत सङ्घले चन्द्रमा मिसनमा अमेरिका भन्दा अगाडि पुगेर विश्वलाई चकित बनायो।

तर, समयसँगै पार्टीभित्रै षड्यन्त्र र पुँजीवादी मुलुकहरूको दबाबका कारण सोभियत सङ्घ १९९१ मा विघटन भयो। बोरिस येल्सिनले कम्युनिस्ट पार्टीलाई औपचारिक रूपमा समाप्त गरे। यस्तो विघटनले संसारभरका कम्युनिस्ट आन्दोलनमा गहिरो असर पार्‍यो। तर, अर्को महाशक्ति चीनले मार्क्सवादलाई आफ्नै ढंगमा आत्मसात् गर्दै नयाँ मोडमा लैजाने प्रयास गर्‍यो।

माओ जेदोङको नेतृत्वमा १९४९ मा सफल क्रान्तिपछि चीनमा समाजवादको अभ्यास सुरु भयो। माओको निधनपछि देङ स्याओपिङले सुधारात्मक नीति लागू गर्दै बजारमुखी समाजवादी अर्थतन्त्रको मार्ग अपनाए। अमेरिकासँग सहकार्य गर्दै उनले चीनको आर्थिक विकासमा ठुलो फड्को मार्न सफल भए। यद्यपि त्यानमिन चोकमा भएको विद्यार्थी आन्दोलनको दमन चीनको मानव अधिकारको गम्भीर प्रश्न बनेको छ।

आज सिजिनपिङको नेतृत्वमा चीन प्राविधिक, आर्थिक र राजनीतिक रूपमा विश्वको शक्तिशाली राष्ट्र बनेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको सफलताको पछाडि दूर दृष्टि, अनुशासन, नेतृत्व विकास र अवरोधको समयमै समाधान गर्ने परिपाटी देखिन्छ। यदि समयमै ग्याङ अफ फोर जस्ता घातक तत्त्वहरूलाई नियन्त्रणमा नलिएको भए, चीन पनि सोभियत सङ्घकै बाटो लाग्न सक्थ्यो।

नेपालको सन्दर्भमा हेर्दा, ८८कम्युनिस्ट आन्दोलनको नेतृत्व अहिले नेकपा ९एमाले०८८ले गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ नेतृत्व र राष्ट्रियताप्रतिको प्रतिबद्धताले मुलुकलाई आत्मनिर्भरतातर्फ डो¥याउँदै लगेको देखिन्छ। नेपाली कम्युनिस्ट आन्दोलन सफलताको दिशामा छ—तर विगतको अनुभवले सिकाउँछ, सचेत, समर्पित र वैचारिक स्पष्टता बिना आन्दोलन दीर्घकालीन रूपमा सफल हुन सक्दैन।

निष्कर्ष
कम्युनिस्ट आन्दोलन केवल शासन प्रणाली होइन, यो एक जीवन दृष्टिकोण हो—जहाँ शोषणविहीन समाजको परिकल्पना छ। तर, आन्दोलन सफल बनाउन सैद्धान्तिक स्पष्टता, व्यवहारिक लचिलोपन र नेतृत्वको इमानदारिता आवश्यक हुन्छ। आजको युगमा पनि मार्क्स, लेनिन, माओ, देङ र अन्य नेताहरूको योगदान सान्दर्भिक छ। इतिहासलाई बुझ्दै वर्तमानको मूल्याङ्कन गर्दै भविष्यको दिशा निर्माण गर्नु नै कम्युनिस्ट आन्दोलनको असल यात्राको परिचायक बन्न सक्छ।

 

प्रतिकृया दिनुहोस

बढ्दो अविश्वास, पेसागत अनिश्चितता र निकासका उपाय

 नेपालको सार्वजनिक शिक्षा दशकौँदेखि बहुआयामिक अनि पटकपटक गिजोलेर छरपस्ट बनाइएका थुप्रै खालका समस्या एवम् सङ्कटहरूबाट गुज्रिरहेको छ। यो सङ्कट

सहकारी अध्यादेश कार्यन्वयनमा चुनौती या अवसर

पृष्ठभूमि सहकारी केवल पूँजीको संकलन र परिचालन गर्ने वित्तीय औजार मात्र होइन, यो स्व(उत्तरदायित्व र स्व(नियमनमा आधारित एक सामाजिक(आर्थिक आन्दोलन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन