• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

सिद्धबाबा उपशाखाले गर्‍यो रक्तदाताको सम्मान

सिन्धुली, ३० जेठ ०८३


“रक्तदान जीवनदान” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै आएका रक्तदाताहरूलाई नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा, कमलामाई–४ ढुङ्ग्रेवासले सम्मान गरेको छ ।


विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न समयमा उपशाखाले सञ्चालन गरेका रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गरेका १४ जना रक्तदातालाई सम्मान–पत्र प्रदान गरिएको हो । 


नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका पूर्व सभापति अमरदीप देवकोटाले सम्मान–पत्र हस्तान्तरण गर्दै रक्तदाताहरूको योगदानको प्रशंसा गर्नुभयो । प्रमुख अतिथि देवकोटाले रेडक्रसका उपशाखा र जुनियर रेडक्रस समितिहरूलाई मानवीय सेवाको आधार स्तम्भको संज्ञा दिँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता अभियान आवश्यक रहेको उल्लेख गर्नुभयो ।


कार्यक्रममा बोल्दै सिद्धबाबा उपशाखाका सभापति सन्तोषकुमार बोहोराले रक्तदानले जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले रक्तदाताको सम्मानले अन्य नागरिकलाई पनि रक्तदानतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मानव सेवामा समर्पित व्यक्तिहरूको योगदानलाई समाजले उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सिन्धुलीमा दुर्घटना न्यूनीकरणमा सफलता, तर सडक अझै सुरक्षित बनेन

सिन्धुली, २ साउन २०८३  सिन्धुलीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या घटेसँगै सडक दुर्घटना, मृत्यु र

खानेपानीको गुणस्तर निगरानीबारे जनस्वास्थ्य कार्यालय सिन्धुलीको अन्तरक्रिया

सिन्धुली १७ असार ०८३ जनस्वास्थ्य कार्यालय सिन्धुलीले बुधवार सुरक्षित तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई प्रभावकारी बनाउन खानेपानी आयोजना,

सिन्धुलीमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

सिन्धुली ८ असार ०८३ वर्षायाममा पानीका मुहान र वितरण प्रणाली दूषित भई झाडापखाला, हैजा, टाइफाइड लगायतका पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले