• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

सिन्धुलीमा पत्रकारका लागि दुई दिने एआई तालिम सुरु, ३३ जनाको सहभागिता

सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगलाई मध्यनजर गर्दै सिन्धुलीमा पत्रकारहरूका लागि दुई दिने एआई सम्बन्धी तालिम सुरु भएको छ ।

 

दुधौली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा सञ्चालन भएको तालिममा ३३ जनाको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक शिव पुरीले कृत्रिम बुद्धिमत्ताको अवधारणा, यसको प्रयोग तथा सञ्चार क्षेत्रमा एआईको उपयोगबारे प्रशिक्षण प्रदान गरिरहेका छन् ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सचिव नबिनबाबु अधिकारीका अनुसार पत्रकारहरूलाई नवीन प्रविधिसँग परिचित गराउने तथा समाचार संकलन, लेखन, सम्पादन र सामग्री उत्पादनमा एआईको प्रभावकारी प्रयोगबारे जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

 

तालिममा सहभागीहरूलाई एआईका विभिन्न उपकरणहरूको प्रयोग, डिजिटल सामग्री निर्माण, तथ्य परीक्षण तथा पत्रकारितामा प्रविधिको जिम्मेवार प्रयोगसम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने जनाइएको छ ।

आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न तथा बदलिँदो सञ्चार प्रविधिसँग अनुकूल हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सिन्धुलीमा दुर्घटना न्यूनीकरणमा सफलता, तर सडक अझै सुरक्षित बनेन

सिन्धुली, २ साउन २०८३  सिन्धुलीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या घटेसँगै सडक दुर्घटना, मृत्यु र

खानेपानीको गुणस्तर निगरानीबारे जनस्वास्थ्य कार्यालय सिन्धुलीको अन्तरक्रिया

सिन्धुली १७ असार ०८३ जनस्वास्थ्य कार्यालय सिन्धुलीले बुधवार सुरक्षित तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई प्रभावकारी बनाउन खानेपानी आयोजना,

सिन्धुलीमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

सिन्धुली ८ असार ०८३ वर्षायाममा पानीका मुहान र वितरण प्रणाली दूषित भई झाडापखाला, हैजा, टाइफाइड लगायतका पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले