सिन्धुलीको तिनपाटन–३ बालमैत्री वडा घोषित
सिन्धुली ५ असार ०८३
सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता तथा समग्र विकास सुनिश्चित गर्ने उद्देश्यले आवश्यक ५१ वटा सूचक पूरा गरेपछि उक्त वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो ।
.png)
जिल्ला समन्वय समितिका अध्यक्ष कार्साङ लामाको प्रमुख आतिथ्यता तथा वडा नं. ३ का वडा अध्यक्ष लालबहादुर स्याङ्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा तिनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा, उपाध्यक्ष अशोक पुलामी, प्रमुख प्रशासकीय अधिकृत मनोज साह, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, बालबालिका तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्साङ लामाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थानीय तह, समुदाय, विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले ५१ वटा सूचक पूरा गरी बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा वडा नं. ३ लाई बधाई तथा शुभकामना व्यक्त गरे ।
वडा अध्यक्ष लालबहादुर स्याङ्तानले बालमैत्री स्थानीय शासनका सूचकहरू पूरा गर्ने क्रममा बाल अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, जन्मदर्ता तथा बाल सहभागिताका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको बताए । उनले बालमैत्री वडा घोषणा अभियानलाई सफल बनाउन आर्थिक तथा सामाजिक रूपमा सहयोग पु¥याउने प्लान इन्टरनेशनल नेपाल र जनजाति समाज विकास कार्यक्रमप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि बालमैत्री वातावरणको दिगोपनाका लागि निरन्तर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका अवसरमा बालमैत्री वडा निर्माणमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष स्याङ्तानले बालमैत्री वडा घोषणा केवल औपचारिकता नभई बालबालिकाको हित, अधिकार र समग्र विकास सुनिश्चित गर्ने दीर्घकालीन अभियान भएको उल्लेख गर्दै सबै सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिए ।
सिन्धुलीमा दुर्घटना न्यूनीकरणमा सफलता, तर सडक अझै सुरक्षित बनेन
सिन्धुली, २ साउन २०८३ सिन्धुलीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या घटेसँगै सडक दुर्घटना, मृत्यु र
खानेपानीको गुणस्तर निगरानीबारे जनस्वास्थ्य कार्यालय सिन्धुलीको अन्तरक्रिया
सिन्धुली १७ असार ०८३ जनस्वास्थ्य कार्यालय सिन्धुलीले बुधवार सुरक्षित तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई प्रभावकारी बनाउन खानेपानी आयोजना,
सिन्धुलीमा खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न
सिन्धुली ८ असार ०८३ वर्षायाममा पानीका मुहान र वितरण प्रणाली दूषित भई झाडापखाला, हैजा, टाइफाइड लगायतका पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले





प्रतिकृया दिनुहोस