रसुवा बाढीपीडितका लागि कमला एकेडेमी र फाइभ स्टार इङलिस बोर्डिङले गरे आर्थिक सहयोग
सिन्धुली १७ भदौ ०८३
रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सिन्धुलीका दुई विद्यालयले आर्थिक सहयोग गरेका छन् ।
कमलामाई नगरपालिका–९, भिमानस्थित कमला एकेडेमी स्कुलले विद्यालय परिवारको तर्फबाट १ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयका प्रिन्सिपल डम्बरबहादुर श्रेष्ठले उक्त सहयोग रसुवा बाढीपीडितका लागि प्रदान गर्नुभएको हो ।
त्यस्तै, सुनकोसी गाउँपालिका–३, बोहोरेटारस्थित फाइभ स्टार इङलिस बोर्डिङ स्कुलले पनि बाढीपीडितको सहयोगका लागि ३५ हजार ५ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयका अध्यक्ष सोनी पाण्डेले उक्त रकमको भौचर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
रसुवा बाढीपीडितको राहत तथा सहयोगका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विपद्को कठिन घडीमा शैक्षिक संस्थाहरूले गरेको आर्थिक सहयोगले प्रभावित नागरिकको राहत तथा पुनः स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा
सिन्धुली २२ भदौ ०८३ सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि
भोटेकोशी बाढीपीडितको राहतका लागि राष्ट्रसेवक सहकारीको सहयोग
सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
भोटेकोशी बाढीपीडितका लागि नरेन्द्र विश्वकमाकाले गरे १ लाख १ हजार १११ रुपैंया सहयोग
सिन्धुली २२ भदौ ०८३ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीका सुनचाँदी व्यवसायी नरेन्द्र






प्रतिकृया दिनुहोस